अमेरिकी विदेशमन्त्रीले भने ‘नेपालले गरेको शासन प्रणाली र आर्थिक विकासप्रति गर्व गछौं’
वि.सं.२०७९ वैशाख १६ शुक्रवार
काठमाडौं। नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको छ। नेपाल–अमेरिका सम्बन्धको ७५ औ वर्षगाँठको अवसरमा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले शुभकामना सन्देश दिएका छन्।
अमेरिकी विदेशमन्त्री ब्लिंकेनले दिएको सन्देशमा भनिएको छ,‘नेपालले आफ्नो शासन प्रणाली, आर्थिक विकास तथा अन्तराष्ट्रिय सहभागिताहरुमा उल्लेख्य परिवर्तन गरेको छ।
एक साझेदारको रुपमा हासिल गरेका उपलब्धिहरुमा हामी गर्व गर्दछौं।’ विदेशमन्त्री ब्लिंकेनले आउने अनेकौं दशकहरुसम्म नेपाल र अमेरिकाको मित्रता कायम रहनेमा विश्वास गरेका छन्।
प्रकाशित समय : १२:२४ बजे





















