back
himalayan life

प्रियंका कार्की क्रिप्टोकरेन्सीको विवादमा ,प्रहरीकहाँ पुगेर भनिन् म आफैँ पीडित हुँ

क्रिप्टोकरेन्सीमा मैले इन्भेस्ट गरेको छैन। मेरो नाम गलत तरिकाले कसरी जोडियो? यो कहाँबाट, कसले, किन गरिरहेको छ? मैले व्युरोसँग सहयोग मागेकी हुँ,’

काठमाडौं। नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सी कारोबारलाई बढावा दिएको भन्दै अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोधपुछ गरेको छ।

अभिनेत्री कार्कीले सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको विज्ञापन गरेको भन्दै सिआइबीले सोधपुछका लागि बोलाएको व्युरो प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए। क्रिप्टोकरेन्सी सम्बन्धमा विज्ञापन गरेको भन्दै अभिनेत्री कार्कीसँग सोधपुछ गरेको डीआइजी सिंहले पुष्टि गरेका छन् ।

‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाइँले पनि गर्नुस् भन्दै अभिनेत्री कार्कीले विवादास्पद कुरा लेख्नुभएको रहेछ। त्यही विषयमा सोधपुछ भएको हो। यो विषय अनुसन्धानमै छ,’ उनले भने, ‘राष्ट्र बैंकले क्रिप्टोकरेन्सीलाई बर्जित गरेको छ।’सामाजिक सञ्जालमा तस्बिरसहित विज्ञापन देखिएपछि व्युरोले अभिनेत्री कार्कीलाई सोधपुछका लागि सम्पर्क गरेको थियो। क्रिप्टोकरेन्सी कारोबारीले विज्ञापनमा आफ्नो तस्बिर दुरुपयोग गरेको भन्दै आफू प्रहरी कहाँ पुगेको प्रियंकाले दाबी गरेकि छिन् । आफूले क्रिप्टोकरेन्सीबारे कुनै पनि अभिव्यक्ति नदिएको बताईन्।

उनके थपिन ‘क्रिप्टोकरेन्सीसँग सम्बन्धित कोही मान्छेले मेरो फोटो हालेर डिजिटल एप बनाए्को रहेछ । क्रिप्टोकरेन्सीमा इन्भेस्टमेन्ट गर्नुस् भनेर मेरो फोटो राखेर बनाएको रहेछ,’ उनले भनिन्,

‘त्यो मेरो नजरमा आइसकेपछि मैले बरु सिआइबीसँग मिलेर कहाँबाट आएको, कसले पोस्ट गरेको भनेर अनुसन्धानमा सघाउन लागेको हुँ।‘

उनले आफ्नो तस्बिर दुरुपयोग गरेर आफू पीडित भएको बताएकि छिन्। ‘मैले प्रहरीलाई स्टेटमेन्ट लेखेर दिएको छु। क्रिप्टोकरेन्सीमा मेरो फोटो मिसयुज गरियो। क्रिप्टोकरेन्सीमा मैले इन्भेस्ट गरेको छैन। मेरो नाम गलत तरिकाले कसरी जोडियो? यो कहाँबाट, कसले, किन गरिरहेको छ? मैले व्युरोसँग सहयोग मागेकी हुँ,’ उनले भनिन्।

केही समयअघि नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी कारोबार गर्ने सबै वेवसाइटहरू बन्द गर्न निर्देशन दिएको थियो। बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायत वेवसाइट र एपहरु बन्द प्राधिकरणले निर्देशन दिइसकेको छ।

अनलाइनमार्फत् हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी क्रियाकलाप भर्चुअल माध्यमहरू नेपालभित्र सञ्चालन र व्यवस्थापन गर्न नपाउनेगरी निषेध वा कालो सूचीमा राख्ने व्यवस्था गर्न परिपत्रमा उल्लेख छ। यस्ता कारोबारले आर्थिक अपराध बढेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरेको थियो।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच भेट, डिजिटल रूपान्तरणदेखि छात्रवृत्तिसम्म छलफल

वि.सं.२०८३ असार १७ बुधवार १८:१८

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि...