back

सूर्या लाइफको नयाँ लोगो सार्वजनिक

काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ लोगो सार्वजनीक गरेको छ । नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ यस इन्स्योरेन्स कम्पनीले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धता र सुदृढ पहिचान कायम गर्ने उद्देश्यले पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा आयोजित एक समारोहबीच आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो।

कम्पनीले आफ्नो मूल नारा “सर्वे भवन्तु सुखिनः” रहने व्यहोरा व्यक्त गरेको छ।

उक्त नयाँ लोगो कम्पनीको सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराई, कम्पनीका सञ्चालक तथा बीमा विज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले संयुक्त रुपमा अनावरण गरेका छन्।

अध्यक्ष भट्टराईले नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ कम्पनी अझ सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरे। त्यसैगरी कम्पनीले संगठनात्मक सुशासनलाई प्राथमिकता दिई आफ्ना बीमित तथा सेवाग्राहीहरुलाई कम्पनीबाट प्रवाह हुने सेवा अझ उत्कृष्ट तथा छिटोछरितो रुपमा उपलब्ध गराउन सञ्चालक समितिबाट ब्यवस्थापनलाई पूर्ण सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे।

त्यसैगरी १० वर्षभन्दा बढी अवधिदेखि जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाउनु भएका सफल बीमा विज्ञ तथा कम्पनीका सञ्चालक विवेक झाले उक्त कार्यक्रममा बीमाको महत्व र नयाँ लोगोको आवश्यकताको वारेमा प्रकाश पारे। ‘जीवन बीमाका चार आधारहरु बीमित, अभिकर्ता, कर्मचारी तथा लगानीकर्ता हुन्छन्, यीमध्ये प्रमुख दुई पिलर अभिकर्ता तथा कर्मचारी, जसले बीमित तथा कम्पनीबीच एउटा मजबुत पुलको काम गरेका हुन्छन्’, उनले भने, ‘सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले अब आफ्नो छुट्टै पहिचान कायम गरी देशमा अब्बल कम्पनीको रुपमा स्थापित हुने यात्राको सुरुआत यस नयाँ लोगोको नारा ‘सर्वे भवन्तु सुखिनः’ अर्थात ‘सबै सुखी हुन्’ का साथ शुभारम्भ गरेको छ।’

झाले नयाँ लोगोका तीन रङ रातो, कालो र पहेँलोले यस कम्पनीको उद्देश्यलाई स्पष्ट पार्ने बताए। ‘म्पनी अब बिगर, बोल्डर र ब्राइटर भएर अगाडि बढ्दै आफ्ना ग्राहकहरुको चाहना र सन्तुष्टीको ख्याल गर्दै आफ्ना सेवाहरुलाई केन्द्रमा राखि यसको विशिष्टिकरणका लागि टेक्नोलोजी र अपडेट म्यानेजमेन्ट फिलोसोफीको प्रयोगबाट गति दिने योजना रहेको छ’, उनले भने।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत खड्काले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता रहेको बताए। त्यसैले कम्पनी व्यवस्थापन, सञ्चालक समिति, बीमित, अभिकर्ता र नियमनकारी निकाय सबैमा आफ्नो उत्कृष्ट पहिचान राख्न कटिबद्ध छ’, उनले भने।

कम्पनीलाई आगामी दिनमा मौलिक पहिचानका साथ अग्रणी तथा अब्बल कम्पनीको रुपमा नयाँ उचाइमा पुर्याउने खड्काले प्रतिबद्धता व्यक्त गरे।

२०७८ कार्तिक ९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

वि.सं.२०८३ साउन २४ आइतवार १३:००

काठमाडौं ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका...

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय...