back

सामुदायिक वन महासङ्घको बैठक तुलसीपुरमा

nactional life

दाङ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको राष्ट्रिय कार्यसमितिको छैटौँ बैठक तुलसीपुर उपमहानगरपालिकामा हुने भएको छ । विश्वव्यापीरूपमा पैmलिएको कोरोना महामारीका कारण आठ महिनापछि भौतिक उपस्थितिमा आजदेखि यही असोज १० गतेसम्म तुलसीपुरमा महासङ्घको बैठक हुने भएको हो ।

बैठकमा विगत लामो समयदेखि वन हेरालाका रूपमा रहेका समुदायिक वनका उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्दै वनलाई आयआर्जनसँग जोड्ने ठोस लक्ष्यका साथ २५ वर्षे रणनीति तयार गरिने महासङ्घका केन्द्रीय अध्यक्ष भारती पाठकले बताइन् ।

उहाँका अनुसार बैठकले साङ्गठनिक तथा आर्थिक प्रतिवेदन, सवालगत छलफल, आगामी कार्ययोजना, कोरोनाका कारण ज्यान गुमाउनुभएकी महासङ्घ सचिवालय सदस्य सविना राई महिला सशक्तीकरण पुरस्कार कोष स्थापना गर्ने कार्यक्रम रहेको छ ।

बैठकको पहिलो दिन आज स्थानीय महासङ्घसहित सरोकारवालाको सहभागितामा सामुदायिक वन अधिकार सम्मेलनको आयोजना गरिने भएको स्थानीय महासङ्घका अध्यक्ष चन्द्रबहादुर ओलीले जानकारी दिए ।

बैठकमा महासङ्घका केन्द्रीय पदाधिकारीसहित स्थायी समिति सदस्य, केन्द्रीय सदस्य र महासङ्घका सात प्रदेशका अध्यक्ष गरी कूल ९५ जनाको सहभागिता रहने छ । बैठकका अधिकांश सहभागी तुलसीपुर आइसकेको महासङ्घका सचिव ठाकुर भण्डारीले जानकारी दिए ।

२०७८ असोज ८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ जेठ २० बुधवार ११:३४

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि लगातार...

अन्तर बैंक ब्याजदर नियन्त्रणमा ‘स्थायी निक्षेप सुविधा’ सर्वोत्कृष्ट औजार, दैनिक प्रयोगले वित्तीय बजार सन्तुलित

अन्तर बैंक ब्याजदर नियन्त्रणमा ‘स्थायी निक्षेप सुविधा’ सर्वोत्कृष्ट औजार, दैनिक प्रयोगले वित्तीय बजार सन्तुलित

वि.सं.२०८३ जेठ १९ मंगलवार १६:१५

काठमाडौँ । नेपालको बैंकिङ प्रणालीमा अन्तर बैंक ब्याजदर नियन्त्रण र...

‘सबै निःशुल्क मात्र गर्ने हो भने भेनेजुएलाको हालत हुन्छ, विजुलीमा भ्याट ठूलो आँटका साथ लगाइएको हो’

‘सबै निःशुल्क मात्र गर्ने हो भने भेनेजुएलाको हालत हुन्छ, विजुलीमा भ्याट ठूलो आँटका साथ लगाइएको हो’

वि.सं.२०८३ जेठ १८ सोमवार १०:५६

काठमाडौं ।अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने...