back

नेपाल बंगालदेश बैंकको बंगलादेशी साझेदार सम्पूर्ण शेयर बिक्रि गरिने

काठमाडौँ । नेपाल बंगलादेश बैंकको विदेशी साझेदार आइअफआइसी बैंकले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण शेयर बिक्रि गरेर बाहिरिने जनाएको छ । बंगलादेशको ढाकामा रहेको आइअफआइसी बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको सम्पूर्ण शेयर बिक्रि गरेर बाहिरिन लागेको हो ।

जस अनुसार आइअफआइसी बैंकले नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता संस्थापाक शेयर बिक्रि गर्ने भएको हो। नेपाल बंगलादेश बैंकले शेयर बिक्रि गर्ने बारेको जानकारी सहित राष्ट्रिय दैनिकमा ३५ दिनको सूचना प्रकाशन गरिने जनाएको छ ।

यी शेयर खरिदको लागि पहिलो प्राथमिकता हाल कायम संस्थापक शेयरधनी नै रहने बैंकले जनाएको छ । ३५ दिन भित्र पनि शेयर बिक्रि नभएमा अन्य व्यक्ति,संघ , संस्थाको लागि खुला गरिने बैंकले जनाएको छ । शेयर खरिदको लागि कर चुक्ता प्रमाणपत्र, आयस्रोतको विवरण , फिट एण्ड प्रपर टेस्टबाट संस्थापक शेयर खरिद गर्न योग्य भएको प्रमाण लगायतका कागजात पेश गर्नु पर्ने छ ।

२०७८ असार २९ गते प्रकाशित


विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...