back

ललितपुरमा स्वास्थ्य बीमा कार्यक्रममा किन विभेद ? : डा.तोसिमा कार्की

दक्षिणकाली, ठोस्नेखोला, तीनधारा, सरस्वती कुण्ड, ढुङगेधाराहरुको अवलोकन गरेर ललितपुरमा मेलम्ची आवश्यक नपर्ने देखेको हुँ । ढुङगेधाराहरुलाई वितरण प्रणालीमा लैजान सकिन्छ कि भनेर अध्ययन पनि गरेका छौं ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले देशभर अहिलेसम्म २६ प्रतिशतले मात्र स्वास्थ्य बीमा लिएको बताएकी छन् । ललितपुरमा स्वास्थ्य बीमा कार्यक्रम ल्याउनु सफल भएको भन्दै उनले स्वास्थ्य बीमामा सबैजना नजोडिएको बताइन् ।

‘७७ जिल्ला मध्य ७६ जिल्लामा स्वास्थ्य बीमा आउँदा ललितपुरमा आएन्,के ललितपुरले स्वास्थ्य बीमा नपाउने हो र ? मैले पटक पटक आवाज उठाएको थिएँ । स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालय, महानगरसँग, पाटन अस्पतालसँग समन्वय गरेर स्वास्थ्य बीमा ल्याउन सफल भयौं ।

यसलाई उपलब्धि रुपमा लिन्छु, सामुहिक प्रयासबाट काम भएको हो । यसले थप हौसला दिएको छ। देशभर अहिलेसम्म २६ प्रतिशतले मात्र स्वास्थ्य बीमा लिएको र ललितपुरमा बीमा कार्यक्रममा सबैभन्दा कान्छो हो । जिल्लाबासी सबैजनाले स्वास्थ्य बीमा लिनुहोला,’ उनले भनिन् ।

ललितपुरको आफ्नो क्षेत्रमा खानेपानीको समस्या भएपनि स्रोतको सदुपयोग गर्न नसकिएको बताइन् । उनले उक्त क्षेत्रमा मेलम्चीको खानेपानी आवश्यक नपर्ने र आफ्नै स्रोतबाट पर्याप्त खानेपानी उपलब्ध गराउन सकिने धारणा राखिन् ।

‘वास्तबमा यहाँका पानीका स्रोतहरुलाई सही तरिकाले उपभोग गर्ने हो भने मेलम्ची ललिपुरमा आवश्यक पर्दैन् । खानेपानी मन्त्रालयमा दुईतीन जना मन्त्रीहरु चेन्ज हुनुभयो । उहाँहरुसँग संवाद गरेको छु, पत्र लेखेको छु र वैकल्पिक स्रोतहरु खोजौं भनेको छु । दक्षिणकाली, ठोस्नेखोला, तीनधारा, सरस्वती कुण्ड, ढुङगेधाराहरुको अवलोकन गरेर मेलम्ची आवश्यक नपर्ने देखेको हुँ ।

ढुङगेधाराहरुलाई वितरण प्रणालीमा लैजान सकिन्छ कि भनेर अध्ययन गरेका छौं,’ उनले भनिन् ।
सांसद डा. कार्कीले उपत्यकाका सडकहरुमा जथाभावी टिप्परहरु गुड्ने गरेकाले त्यसको निश्चित रुट बनाउनुपर्ने धारणा राखिन् । ‘टिपरहरु अनिवार्य रुपमा म्यान्डेटरी रुपमा करिडोरको बाटोमात्र प्रयोग गर्न दिनुपर्छ । त्यसको लागि करिडोर क्षेत्रको बाटो चाँडो भन्दा चाँडो निर्माण हुनुपर्छ,’ उनले भनिन् ।

ललितपुर क्षेत्रमा अवैधरुपमा चलिरहेको क्रसर उद्योगहरु अनुसन्धान गरेर कारवाहीको दायरामा आउन पनि उनले माग गरिन् । ‘अनुमति पत्र, लाइसेन्सको खोजी हुनुपर्छ । टिपरहरुको रोड र तौल परमिटको खोजी हुनुपर्छ,’ उनको भनाइ थियो ।

डा.कार्कीले आफूहरु नयाँ राजनीतिक दल भएकाले काम गर्न धेरै चुनौतिहरुको सामना गरिरहेको बताउँदै नयाँ अभियानको रुपमा काम गर्ने सोचमा रहेको बताइन् ।

‘नयाँ दल भएकाले संगठन संरचना छैन । स्रोत छैन, विगतमा निर्वाचन क्षेत्र बिकास कोषबाट बर्षेनी पाँच करोड करोड छुट्याइन्थो । हामीले नै हटाउनुपर्छ भनेर आवाज उठायौ, सांसदहरुलाई ठेकेदार बनाउनुहुन्न भनेर कुरा अघि बढाउँदा आम नागरिकले अझै बुझ्नु भएको छैन । म यहाँबाट बुझाउन चाहन्छु, संघीय सांसदको हकमा उसले आफ्नै योजनाहरु ल्याएर आफ्नो क्षेत्रमा खर्च गर्न पाउनेगरी संघका मन्त्रालयहरुसँग समन्वय गर्ने, महानगर, नगर, वडाहरुसँग समन्वय गरेर योजनाहरु ल्याउन प्राथमिकतामा राख्नुपर्छ,’ उनले भनिन् ।

डा.कार्कीले उपल्लो निकायसम्म दलीयकरण हुने, कार्यकर्ता भर्ति गर्ने क्रम चलिरहेकाले लोकतन्त्रमा प्रत्येक नागरिक सरकारको प्रतिपक्षका रुपमा काम गर्नुपर्ने औंल्याइन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

अविरल वर्षा र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४५

काठमाडौं । देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका...

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस...

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:४१

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको...

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

राधेराधेको खण्डहर १७ तले महल : ‘गोविन्दाको भवन’ले चिनियो तर वास्तविकता रहस्यमै 

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:३९

भक्तपुर । बिहानको व्यस्त समय। राधेराधे चोकमा सवारीसाधनको लामो लाइन...

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

वि.सं.२०८३ साउन ६ बुधवार २०:४९

काठमाडौं । नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन,...

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

वि.सं.२०८३ साउन ६ बुधवार १८:२५

काठमाडौं । सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन...