back
nactional

‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ शनिबार आयोजना गरिँदै

काठमाडाैं । काठमाडाैंमा यहिँ शनिबार ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ आयोजना गरिने भएको छ। युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले उक्त कन्क्लेभ आयोजना गरिएकाे हाे ।

युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले कार्य गर्ने आयोजकको अपेक्षा रहेको छ ।

युनिभर्सल कलेज र फोनेक्श कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुग्ने कन्क्लेभका संयोजक राजु टण्डनले जानकारी दिए ।

विद्यार्थीहरूलाई सही करियरको बाटो खोज्न मद्दत गर्ने, आशाजनक स्टार्टअप उद्यमहरूलाई प्रवद्र्धन गर्ने, सामाजिक संलग्नता र पहुँचलाई प्रोत्साहन गर्ने, परम्परागत शैक्षिक प्रणालीमा आवश्यक परिवर्तनहरू ल्याउने, सेलिब्रेटीहरू र सरोकारवालाहरूलाई फराकिलो युवा स्रोताहरूसँग जोड्ने युथ कन्क्लेभको प्रमुख उद्देश्य रहेको छ ।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा शनिबार बिहान १० बजे सुरू हुने कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रूपमा उपस्थित हुने आयोजक पक्षले जनाएको छ ।

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको शीर्ष प्रायोजनमा करिब पाँच हजार विद्यार्थी सहभागी हुने उक्त कार्यक्रम कलेजद्वारा आयोजित सबैभन्दा ठूलो नेतृत्व मञ्च हुने आयोजकको अपेक्षा रहेको छ । विद्यार्थीलाई सही दिशानिर्देश गर्न, सामाजिक संलग्नतामा उत्प्रेरित गर्न र परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउन कन्क्लेभ सहयोगी बन्ने उनले बताए ।

युवा विद्यार्थीहरूलाई उत्प्रेरित र प्रेरित गर्ने कार्यक्रम केवाइसी कन्क्लेभमा काठमाडौँ उपत्यकासहित देशका मुख्य शहरबाट पनि विद्यार्थीले सहभागिता जनाउने भएका छन् । परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउँदै नयाँ विधिको प्रवद्र्धन गर्ने कार्यक्रमको उद्देश्य हो । यस्तै, युवा विद्याथीहरुलाई पढाइका साथै उद्यमशीलता र व्यवसायिक विकासमा सघाउने तथा विभिन्न सेलिब्रेटी र अन्य विशिष्ट व्यक्तिको ज्ञान र अनुभवलाई युवावर्गसँग जोड्ने लक्ष्य कार्यक्रमको रहेको छ ।

कार्यक्रममा गीत, संगीत, हास्यव्यङ्ग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्ना सफलताका कथा, ऊर्जा र उत्प्रेरणाका विचारहरू प्रस्तुत गर्नेछन् ।

कार्यक्रमबाट सरकारलाई युवा विद्यार्थीका माग र सरोकारका विषयमा गम्भीर बन्न आग्रह गरिने कार्यक्रम संयोजक टण्डनले बताए । सम्मेलनबाट विद्यार्थीलाई देशप्रेमी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ । युवामा विदेश मोह बढ्दै गइरहेका बेला स्वदेशमै प्रशस्तै सम्भावाना छन् भनेर उत्प्रेरणा थप्ने काम गरिने आयोजकको दाबी छ ।

कार्यक्रममा केवाइसी–२०२४ युथ आइकनबाट सुशान्त खत्रीलाई सम्मान गरिने भएको छ । यस्तै, कार्यक्रममा अभिनेता राजेश हमाल, टेलिभिजन प्रस्तोता सुरज सिंह ठकुरी, कथाकार साइग्रेस पोखरेल, डिजिटल सामग्री निर्माता पराक्रम राणा, -यापर समीर घिसिङ, डान्सर, अभिनेता र कोरियोग्राफर सुशान्त खत्री, गायिका र गीतकार प्रजिना लामिछाने, मोडल तथा युट्युबर रियाशा दाहाल, हास्य कलाकार सुमन कोइराला, गायक र गीतकार स्वप्निल शर्मालगायतको प्रस्तुति रहने छ।

वि.स. २०७६ सालदेखि शुरु गरिएको कार्यक्रमको यो पाँचौं संस्करण हो । प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकको भनाई छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

धर्म र पहिचानको मुद्दामा देउवाको ‘रणनीतिक पुनरागमन’: कांग्रेसभित्र र राजनीतिमा तरंग

धर्म र पहिचानको मुद्दामा देउवाको ‘रणनीतिक पुनरागमन’: कांग्रेसभित्र र राजनीतिमा तरंग

वि.सं.२०८३ भदौ २ मंगलवार ११:०५

काठमाडौं । पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री तथा...

बाजुरामा भारी वर्षा सहितको बाढीले विभिन्न ठाउँमा क्षती, साँफे–मार्तडी राजमार्ग अवरुद्ध 

बाजुरामा भारी वर्षा सहितको बाढीले विभिन्न ठाउँमा क्षती, साँफे–मार्तडी राजमार्ग अवरुद्ध 

वि.सं.२०८३ भदौ २ मंगलवार १०:५६

बाजुरा । बाजुरामा गएराती परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा...

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२४

काठमाडौं । नेपालको प्रमुख तथा सर्वाधिक व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन...

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको...

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

वि.सं.२०८३ भदौ १ सोमवार ०८:०४

काठमाडौँ। सरकारले आफ्ना व्यवसायीक मागप्रति उदासीनता देखाएको आरोप लगाउँदै नेपाल...

आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व मनाइँदै

वि.सं.२०८३ भदौ १ सोमवार ०७:२०

काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ...