back
skip this gaugauma singhadarbar

सङ्घीयता र गणतन्त्रका मूल्य, मान्यताविपरीत हुने गरी संविधान संशोधन हुन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता र गणतन्त्रका मूल्य, मान्यताविपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वस्थ्य प्रतिस्पर्धासहितको लोकतान्त्रिक प्रणाली आफूहरुले सङ्घर्ष गरेर र रोजेर ल्याएकाले देश र जनताका हितलाई सर्वाेपरी राखेर यस प्रणालीलाई स्थापित गर्न सरकार कटिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

“यसबीचमा प्रतिगमनका लागि संविधान संशोधन हुँदैछ भनेर केही भ्रम फैलाउन खोजिएको छ । हामीले जेका लागि सङ्घर्ष गरेका छौँ र सपथ लिएका छौँ । वाचाबन्धन गरेका छौँ । हामीले नै लोकतान्त्रिक प्रणाली मासेर जान सक्दैनौँ । तानाशाहीका पक्षमा हामी थियौँ भने राणा शासन र अधिनायकवादविरुद्ध लड्ने थिएनौँ । हाम्रो विश्वास लोकतन्त्रमाथि भएकाले नै लोकतन्त्रका लागि टाउको र गर्धन थापेर हामी लडेका आएका हौँ ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “संविधान संशोधनीय दस्तावेज हो ।

लोकतन्त्रका मूल्य, मान्यतालाई अझ बढी सुदृढ र समयानुकूल गर्न तथा जनताका लागि सेवा र सुशासन प्रभावकारीरुपमा दिन सकिने गरी देश र जनताको आवश्यकताका आधारमा यसको संशोधन गर्न सकिन्छ । तर यो संविधानको अवयवका रुपमा रहेका संघीयता र गणतन्त्रका विषयमा प्रतिकूल हुने गरी संशोधन हुन सक्दैन । संशोधन गर्दा राजनीतिक र बौद्धिक छलफलका साथै सदनको दुुई तिहाइ र सर्वस्वीकार्यताका पक्षलाई ध्यानमा राखेर संशोधन ल्याइनेछ ।”

प्रधानमन्त्री ओलीले गन्तव्यबिहीन आन्दोलन र समाज भड्काउने प्रयासबाट कहीँ नपुगिने स्पष्ट गर्दै यस व्यवस्था कार्यान्वयनका केही कमजोरीका विषयलाई अतिरञ्जना गरेर प्रणालीविरुद्ध जाने खालका अभिव्यक्ति उपयुक्त नभएको बताउनुुभयो । उहाँले यस मामिलामा सरकार सहज रहेको जनाउनुुभयो ।

प्रधानमन्त्री ओलीले सदनमा सांसदहरुले अभिव्यक्ति दिँदा अरुले अनुशरण गर्न मिल्ने गरी दिनुपर्ने तर्फ पनि ध्यानाकर्षण गराउनुुभयो ।

 

nactional life -asoj
gaugauma singhadarbar

अब १८ वर्ष मुनीका प्रयोगकर्ताले दैनिक १ घण्टा मात्र टिकटक चलाउन पाउने

अब १८ वर्ष मुनीका प्रयोगकर्ताले दैनिक १ घण्टा मात्र टिकटक चलाउन पाउने

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १४:०६

काठमाडौं । टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले यो एप सुरक्षित र...

दुर्गा प्रसाईं समूहका २७ बुँदे माग: घर बहाल कर ५ प्रतिशतमा झारिनु पर्ने देखि ऋण मिनाहासम्म (यस्ता छन् २७ माग)

दुर्गा प्रसाईं समूहका २७ बुँदे माग: घर बहाल कर ५ प्रतिशतमा झारिनु पर्ने देखि ऋण मिनाहासम्म (यस्ता छन् २७ माग)

वि.सं.२०८२ कात्तिक २६ बुधवार १३:५६

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र...

जेनजी आन्दोलनपछि होटल हायात रिजेन्सी बन्द, सबै कर्मचारी बर्खास्त

जेनजी आन्दोलनपछि होटल हायात रिजेन्सी बन्द, सबै कर्मचारी बर्खास्त

वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:५२

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका...

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...