back
nactional

मन्त्रिपरिषदकाे बैठकले गर्याे यी ६ निर्णय

काठमाडौं । मन्त्रिपरिषदकाे बैठकले ६ निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले मंगलबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएका हुन्।

१. मन्त्रिपरिषदकाे बैठकले नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ।

२. त्यसैगरी, एसियाली विकास बैंकबाट सिँचाइ सम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन अर्थात् नेपाली रुपैयाँ करिब १४ अर्ब ६३ करोड सहुलियत पूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ९९ करोड अनुदान स्वीकार गर्न वार्ता टोली बनाउने निर्णय गरेकाे छ। अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको सञ्चारमन्त्री गुरूङले बताए।

३. खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त महाप्रबन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त गरिएको छ ।

४.नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरिएको पनि सञ्चारमन्त्री गुरूङले बताए।

५.सञ्चारमन्त्री गुरूङले भुटानमा २०८१ साउन २९ गतेदेखि ३२ गतेसम्म हुने फोरम अफ दि इलेक्सन म्यानेजमेण्ट बडी अफ साउथ एसियाको १२ औं सम्मेलनमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गर्ने निर्णय भएको पनि जानकारी दिए।

६. भू–उपयोग ऐन, २०७६ को दफा १४ को उपदफा १ को खण्ड १ बमोजिम संयीयता भूउपयोग परिषद्को सदस्यमा चितवनका रेवती रमण पौडेल, यमुना घले र काठमाडौंका रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरिएको सञ्चारमन्त्री गुरूङले बताए।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार १४:०४

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७...

धर्म र पहिचानको मुद्दामा देउवाको ‘रणनीतिक पुनरागमन’: कांग्रेसभित्र र राजनीतिमा तरंग

धर्म र पहिचानको मुद्दामा देउवाको ‘रणनीतिक पुनरागमन’: कांग्रेसभित्र र राजनीतिमा तरंग

वि.सं.२०८३ भदौ २ मंगलवार ११:०५

काठमाडौं । पाँच महिनाको विदेश बसाइपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री तथा...

बाजुरामा भारी वर्षा सहितको बाढीले विभिन्न ठाउँमा क्षती, साँफे–मार्तडी राजमार्ग अवरुद्ध 

बाजुरामा भारी वर्षा सहितको बाढीले विभिन्न ठाउँमा क्षती, साँफे–मार्तडी राजमार्ग अवरुद्ध 

वि.सं.२०८३ भदौ २ मंगलवार १०:५६

बाजुरा । बाजुरामा गएराती परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा...

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

नारायणगढ–मुग्लिन सडकको आवधिक मर्मतका लागि बोलपत्र प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ भदौ २ मंगलवार ०९:२४

काठमाडौं । नेपालको प्रमुख तथा सर्वाधिक व्यस्त सडकखण्डमध्ये एक नारायणगढ–मुग्लिन...

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको...

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

वि.सं.२०८३ भदौ १ सोमवार ०८:०४

काठमाडौँ। सरकारले आफ्ना व्यवसायीक मागप्रति उदासीनता देखाएको आरोप लगाउँदै नेपाल...