back

टोखा नगरपालिकाको मेयरमा विवेकशील साझा पार्टीका सिटौला उम्मेदवार, को हुन् सिटौला ?

काठमाडौं । विवेकशील साझा पार्टीले टोखा नगरपालिकाको मेयर पदमा लक्ष्मणराज सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिटौला अहिले विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन् ।

२०२३ सालमा नुवाकोटको शिवपुरी गाउँपालिकामा जन्मिई २०४२ सालदेखि टोखा नगरपालिका वडा नं. ११ मा स्थायी बसोबास गर्दै आएका सिटौला कृषि पेशामा आवद्ध छन् ।

एम.ए., एल.एल.बी. अध्ययन गरेका सिटौलाले नेपाल वायु सेवा निगममा ३३ वर्ष प्रशासनिक कार्य गरी उपसचिव स्तरबाट दुई वर्ष अघि राजीनामा दिएका थिए । विभिन्न पत्रपत्रिकामार्फत सिटौलाका लेख रचना प्रकाशित छन् । सिटौलाका २३ वटा साहित्यिक कृति प्रकाशित छन् भने दुई वटा चलचित्र निर्माण भएका छन् ।

सिटौलाको लामो प्रशासनिक दक्षता, सिर्जनात्मक क्षमता एवं राजनीतिक, सामाजिक र आर्थिक सुझबुझलाई राष्ट्रहितमा थप उपयोगबाट वैकल्पिक राजनीतिलाई स्थापित गर्न थप बल पुग्ने विश्वासका साथ उनलाई टोखा नगरपालिकामा मेयरको उम्मेदवारका रुपमा अघि सारेको विवेकशील साझा पार्टीले जनाएको छ ।

साथै सिटौला लगायत पार्टीका उम्मेद्वारहरुलाई तराजु चिन्नमा मतदान गरि अत्यधिक बहुमतले निर्वाचित गराउन विवेकशील साझा पार्टीले अपिल गरेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

वि.सं.२०८३ साउन १३ बुधवार १९:४२

रौतहट । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल...

लुम्बिनी प्रदेश सरकारको ठूलो निर्णय: मन्त्रालयको सङ्ख्या घटाएर ९ वटामा सीमित

लुम्बिनी प्रदेश सरकारको ठूलो निर्णय: मन्त्रालयको सङ्ख्या घटाएर ९ वटामा सीमित

वि.सं.२०८३ साउन १३ बुधवार १९:२९

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र चुस्त...

स्वास्थ्यकर्मी सुरक्षा ऐन कार्यान्वयनमा सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित हुने

स्वास्थ्यकर्मी सुरक्षा ऐन कार्यान्वयनमा सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित हुने

वि.सं.२०८३ साउन १३ बुधवार १९:२०

काठमाडौं । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुव्र्यवहारका घटनापछि उत्पन्न विवाद...

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

वि.सं.२०८३ साउन १३ बुधवार १९:१८

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर...

प्रधानमन्त्रीले लिए सुनसरीमा भएको घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ

प्रधानमन्त्रीले लिए सुनसरीमा भएको घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ

वि.सं.२०८३ साउन १३ बुधवार १९:१५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र...

कोशी प्रदेश सरकारले देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ दिने 

कोशी प्रदेश सरकारले देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ दिने 

वि.सं.२०८३ साउन १३ बुधवार १७:३०

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको...