back

उपभोक्ता भनेको सचेत नागरिकको संकेत हो : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपभोक्ता अदालतले स्थापना भएको एक वर्षको अवधिमा थोरै भएपनि महत्वपूर्ण काम गरेको बताएकी छन् ।
उपभोक्ता अदालतको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले उपभोक्ता भनेको वस्तु खरिद गर्ने व्यक्ति मात्र नभई सचेत नागरिकको संकेत भएको उल्लेख गरिन् । उनले समाजका सबै मानिस उपभोक्ता हुने भन्दै उत्पादकसमेत उपभोक्ता नै हुने धारणा व्यक्त गरिन् ।

उनले भनिन्, ‘उपभोक्ता अदालतले यो एक वर्षको समयमा थोरै तर महत्वपूर्ण काम गरेको छ । उपभोक्ता भन्ने वित्तिकै वस्तु खरिद गर्ने व्यक्ति मात्र होइन । उपभोक्ता भनेको सचेत नागरिकको संकेत हो जस्तो लाग्छ । उपभोक्ता को भनेर हामीले प्रश्न नै गर्नु पर्दैन । सबैजना उपभोक्ता हौं । जो उत्पादक हुनुहुन्छ उहाँहरु पनि उपभोक्ता हो ।’

उनले उपभोक्ताको अधिकारको विषय उठाउँदा बाहिरका कसैको अधिकारको कुरा नभई सबैले आफ्नै अधिकारको कुरा गरिरहेको बताइन् ।

डंगोलले व्यापार, व्यवसाय र बजार अपेक्षित रूपमा अनुशासित नभएकै कारण उपभोक्ता अदालतको आवश्यकता परेको बताइन् । बजारलाई व्यवस्थित र अनुशासित बनाउन कानुन आवश्यक पर्ने र गलत कार्य हुने स्थानमा दण्ड दिनुपर्ने भएकाले यस्ता कानुन निर्माण गरिएको उनको भनाइ थियो ।

‘उपभोक्ताको अधिकारको कुरा गरिरहँदा अरु कोही बाहिरको व्यक्ति, बाहिरको मान्छे कसैको अधिकारको कुरा गरेका होइनौं, हामी सबै आफ्नो अधिकारको कुरा गरिरहेका छौं । उपभोक्ताको अधिकारको कुरा गर्दा हामीले उपभोक्ता अदालत सुरु गर्नुपर्ने किन भयो भन्दाखेरि व्यापार, व्यवसाय, बजार जुन हिसावले अनुशासित हुनुपर्ने हो त्यो हिसावले अनुशासित छैन । त्यो अनुशासित बनाउनको लागि कानुन चाहिन्छ र सँगसँगै दण्ड दिनुपर्ने ठाउँमा दिनु नि पर्छ भनेर पनि यो कानुनहरु बनेको हो,’ उनले भनिन् ।

उनले उपभोक्ता अदालतले बजारलाई सही ट्रयाकमा ल्याउन र अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले उपभोक्तासँग सम्बन्धित अधिकार र जिम्मेवारी कुनै एक निकायमा मात्र सीमित नभई सबै सरोकारवालाको साझा दायित्व भएको पनि उल्लेख गरिन् ।
उनले भनिन्, ‘हामीले हाम्रो बजारलाई एउटा ट्रयाकमा ल्याउन, अनुशासित बनाउन पनि हो । उपभोक्ता भन्ने वित्तिकै एउटा निकायको मात्र सम्पूर्ण अधिकार जिम्मेवारी दिइएको छैन । उपभोक्तासँग सम्बन्धित अधिकार र जिम्मेवारी कुनै एक निकायमा मात्र सीमित नभई सबै सरोकारवालाको साझा दायित्व हो ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

वि.सं.२०८३ साउन १३ बुधवार १५:०३

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक...

आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयनमा ल्याउन जोड

आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयनमा ल्याउन जोड

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:००

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक...

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:०४

काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा...

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

वि.सं.२०८३ साउन १० आइतवार १८:५०

काठमाडौं । नेपाल मिक्स बक्सिङ एसोसिएसनको आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको...

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि...

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...