back

पेशागत महासङ्घ नेपालले पनि सरकारलाई सहयोग गर्ने

काठमाडौं । पेशागत महासङ्घ नेपालले नयाँ बन्ने सरकारलाई सहयोग गर्ने भएको छ ।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालद्वारा जारी विज्ञप्तीमा हिजोको दिनमा जस्तै ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य पूरा गर्ने काममा महासङ्घ र आफूहरुसम्बद्धले अझै बढी जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता जनाइएको छ । महासङ्घले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा लगभग दुई तिहाई नजिकको जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । उसले जनताको मन जितेर काम गर्न पनि अब बन्ने नयाँ सरकारलाई आग्रह गरेको छ । महासङ्घले रास्वपाले भन्दै आएको ट्रेड युनियन खारेजीको कुराप्रति आपत्ति जनाएको छ । उसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता अनुरुप चल्दै आएको ट्रेड युनियन खारेजीको विषय आउनु आफैंमा अस्वभाविक र आपत्तिजनक भएको भन्दै सचेत रहन सबैलाई आग्रहसमेत गरेको छ ।

महासङ्घले प्रधानमन्त्री सुशीला कार्कीले उच्चपदस्थ निजामती कर्मचारीले आफ्नो स्वार्थअनुरुप मात्रै काम गरे भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । उसले त्यस्ता कर्मचारीलाई कारबाही गर्नुको सट्टा प्रधानमन्त्रीले बाहिर बोल्नु गलत भएको समेत टिप्पणी गरेको छ । महासङ्घले निजामती कर्मचारीको सहयोगमा नै फाल्गुण २१ गतेको निर्वाचन सफल भएकाले त्यो पनि स्मरण गर्नसमेत प्रधानमन्त्री र सरकारलाई अनुरोध गरेको छ । महासङ्घले अबको सरकारलाई जनताको मन जित्ने कानुन र नीति नियम बनाउन आग्रह पनि गरेको छ ।

महासङ्घले २६ वटा राष्ट्रियस्तरका घटक र प्रतिष्ठानस्तरका ५० भन्दा बढी संस्था आफूहरुसँग आबद्ध भएको र त्यहाँ ५ लाखभन्दा बढी जनशक्ति रहेको समेत स्मरण गराएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

वि.सं.२०८३ साउन १३ बुधवार १५:०३

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक...

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

वि.सं.२०८३ साउन ११ सोमवार २२:४४

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

सेलेघाट–साँघुटार सडक निर्माण कछुवा गतिमा : अलपत्र आयोजनाले स्थानीयको घर–जग्गा जोखिममा  

सेलेघाट–साँघुटार सडक निर्माण कछुवा गतिमा : अलपत्र आयोजनाले स्थानीयको घर–जग्गा जोखिममा  

वि.सं.२०८३ साउन ११ सोमवार १४:४०

रामेछाप । रामेछापको सेलेघाटदेखि ओखलढुङ्गाको सिमाना साँघुटारसम्म निर्माणाधीन सडक आयोजना...

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:०४

काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा...

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

वि.सं.२०८३ साउन ६ बुधवार २०:४९

काठमाडौं । नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन,...

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि...