back
Naima

डोजर आतंक पछि मनोहरा सुकुम्बासीको विचल्ली ,भोट माग्ने नेताहरु खोज्दैछौं

मनोहराका सुकुम्बासी भन्छन् : गरिब–दुःखीको सहारा कोही नहुँदो रहेछ

काठमाडौं । काठमाडौंको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्ती यतिबेला कुरुपजस्तै देखिन्छ । बस्तीबासीको मुहार आक्रोश र पीडाले भरिएको जस्तै भान हुन्छ । बस्तीमा नयाँ व्यक्ति देख्नासाथ स्थानीय झस्किन्छन् । क्यामेरा लिएर पुगेका संचारकर्मीहरुलाई समेत उनीहरु आक्रमक बन्ने गरेका छन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा शुक्रबार डोजर चलाएर घर–टहरा भत्काइदिएपछि अवस्था असामान्य छ ।

वैकल्पिक व्यवस्था गर्न नपाउँदै महानगरले घर टहरामा डोजर आतंक मच्चाएपछि स्थानीयहरुमा रुवाबासी चलेको छ । डोजर प्रयोग गरेर महानगरले करिब २० देखि २५ वटा घर वा टहरामा डोजर चलाएपछि दर्जनौं परिवार विचल्लीमा छन् । मध्यवर्षा यामको समयमा घर भत्काइएपछि सुकुम्बासीहरु घर न घाटको अवस्थामा छन् ।

पीडितहरु भत्काइएका खण्डहर संरचनामै पाल टांगेर बसेका छन् । डेढ दशकदेखि सुकुम्बासी बस्तीमा बस्दै आएका शम्भु थापाले बिना जानकारी एक्कासी डोजर चलाइएको आरोप लगाए ।

उनले सामान झिक्न समेत नदिएकोप्रति गुनासो गरे । भोट माग्नेबेला नेताहरु आएको तर अहिले सरकारका सबै पक्षहरुले सोध्न समेत नआएको भन्दै उनले आक्रोश पोखे ।

‘यहाँ बाटो खोल्नुपर्छ भनेर घर सारेका थियौं । जानकारी समेत नदिइ एक्कासी डोजर लिएर आए र भत्काए । घरभित्रका सामान झिक्नै पाइएन् । यस्तो अत्याचार हुँदा भोट माग्न आउने नेता र सरकार स्वार्थी भएका छन् । अहिलेसम्म कोही आएका छैनन् । भूमि आयोगले केही गर्छु भनेको थियो आजसम्म गरेको छैन्,’ उनले भने,‘आजसम्म भोट माग्ने काम मात्र भएको छ । भोट पाएका नेताहरु कोही फर्किएर आएनन् । हाम्रो छानो यसरी भत्काइयो तर कोही सहयोग लिएर आएनन् । आफन्तकोमा बसिरहेका छौँ । पहिल्यै थाहा भएको भए वैकल्पिक व्यवस्था गर्ने थियौं वा रोक्नेथियौं होला । भत्काउन थालेपछि प्रतिकार गरेर पार लागेन । शसस्त्र र महानगरका प्रहरी सबै मिलेर हामीलाई बाहिर निकालेर घरहरु एकाएक भत्काउन थाले ।’

उक्त क्षेत्रमा २५ वटाजति घर भत्किाइएको उनले जानकारी दिए । क्षतिको कुनै लेखाजोखा नभएको समेत उनले बताए । ‘क्षति थुप्रै भएको छ । भएका सबै सामान बिग्रिएका छन् । राहत आँउछ भनेर अश्वासन दिइएको छ । तर अहिलेसम्म कोही आएको छैन्,’ उनले अगाडि भने,‘हाम्रो जग्गा हो । जबरजस्ती कब्जा गरेर बसेको हो र जबरजस्ती नै भत्काउँछौ भन्दै महानगरका प्रतिनिधिहरु आएका थिए । यस्तो बर्षायामको बेला यतिसम्म अत्याचार नगरिदिएको भएहुन्थ्यो ।’

आफूहरु भक्तपुर जिल्लाको भएपनि काठमाडौं महानगरपालिकाले आएर अत्याचार गरेको उनको गुनासो छ । बालबच्चा र बृद्धबृद्धा रुवाबासी गरेपनि महानगर निर्दयी भएको उनले बताए ।

सोही बस्तीमा बस्दै आएकी माया खापुङ्ग महानगरप्रति आक्रोश पोख्दै भन्छिन्,‘महानगरले अन्याय मात्र होइन अत्याचार नै गर्यो । सामान झिक्न समेत दिएन् । एकाएक डोजर चलाउन थाल्यो । व्यवस्थित गर्छु भन्ने सरकारको पारा यही हो त ?’

पूर्व जानकारी समेत नदिए महानगरले डोजर चलाएकाले अत्याचारको पराकाष्ट भएको उनको दाबी छ । ‘हामीलाई केही जानकारी थिएन् ।  यसरी भत्काउनु थियो भने पहिले नै खबर गरेको भए हुन्थ्यो । पकाएर खाने भाँडा र लगाउने लुगाफाटा समेत निकाल्न दिएनन् ।  घरभित्र बालबच्चा सँगै सबै परिवार हुँदाहुँदै एकाएक गरेर भत्काइयो । अपांग बच्चा थियो उसलाई समेत निकाल्न पाइएन । निकाल्न जानेलाई समेत कुटपिट भयो,’ पीडित खापुङले भनिन् ।

प्रतिकारका क्रममा धेरैजना घाइते भएको, अंगभंग बनाएको र हिडडुल समेत गर्न नसक्नेगरी कुटपिट भएको उनको गुनासो छ । ‘यो त अत्ति नै भयो । हामी जस्तो गरिब दुःखीलाई यस्तो गर्नु ठिक हो र ? अहिले एकदमै बिचल्ली अवस्था छ । कतैबाट राहत आएको छैन् । कोही आएका छैनन् । सुकुम्बासी बस्ती व्यवस्थित गर्छु भन्ने सरकार कहाँ छ ?’ उनले प्रश्न गरिन् ।

तर यता, काठमाडौं महानगरपालिकाले पटक पटक सूचना दिएको र केही भूमाफियाले जग्गा किनेर घर बनाएको सूचना पाएपछि अवैध संरचना भत्काइएको जनाएको छ ।

मनोहरा जग्गा एकीकरण आयोजनाको आग्रह र मेयर बालेन शाहको निर्देशनमा अनधिकृत संरचनाहरू भत्काइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले संचारर्कीहरुलाई जानकारी दिए ।

पाण्डेका अनुसार सोझासाझा व्यक्तिहरुलाई फसाएर भू माफियाहरुले  जग्गा हडप्ने प्रयास गरेको र अनधिकृत तरिकाले व्यक्तिको सम्पत्ति कब्जा गर्ने प्रयास भइरहेकाले महानगरको निर्देशनमा डोजर चलाइएको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:३६

काठमाडौँ। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न...

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

वि.सं.२०८३ साउन २१ बिहीवार २०:२७

रौतहट । सडकको नाममा हिलोको पोखरी र खाल्डैखाल्डा मात्रै देखिने...

भूमि प्रशासनका जटिल लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अब आफैँ भर्न सक्ने

भूमि प्रशासनका जटिल लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अब आफैँ भर्न सक्ने

वि.सं.२०८३ साउन २१ बिहीवार ११:११

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:३१

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख भ्रष्टाचारको मुद्दा दायर

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख भ्रष्टाचारको मुद्दा दायर

वि.सं.२०८३ साउन १९ मंगलवार १९:२५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन...

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

वि.सं.२०८३ साउन १३ बुधवार १५:०३

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक...