back
nactional

ओखलढुङ्गामा नक्कली बिल बनाएर भ्रष्टाचार, वडाध्यक्ष सहित १० जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७५/७६ मा सिद्धिचरण नगरपालिका–१० मा विद्युत् पोल, तार र ट्रान्समिटर खरिद आयोजनामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध आरोपपत्र दायर गरेको हो ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, वडा नं १० का तत्कालिन अध्यक्ष दामोदर धमला, तत्कालिन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालिन खानेपानी तथा सरसफाइ प्राविधिक दीलकुमार बुढाथोकीलाई ४ लाख ७७ हजार ८९९ रुपैयाँ बिगो असुलउपर गरी कैद र जरीवानाको माग दाबी गरिएको छ ।

उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपकप्रसाद धमला तथा कोषाध्यक्ष गोठीमाया मगरबाट पनि ४ लाख ७७ हजार ८९९ रुपैयाँ बिगो असुलउपर गरी सजायको माग दाबी गरिएको छ ।

त्यस्तै नेपाल विद्युत प्राविधिकरणका ओखलढुङ्गा वितरण केन्द्रका तत्कालित कार्यालय प्रमुख सञ्जिव साह, भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीवकुमार यादवविरुद्ध मुख्य प्रतिवादीहरूलाई हुने सजाय बराबर सजाय गरी बिगोसमेत असुल उपर गर्न मागदावी गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

वडा १० मा विद्युत् पोल तार र ट्रान्समिटर खरिद योजनामा भ्रष्टाचार गरेको भनी परेको उजुरी निवेदनमाथि आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानबाट वडा १० मा विद्युतीकरणको कार्यका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा निःशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामग्रीको उनीहरूले नक्कली बिल बनाएको आयोगले बताएको छ ।

प्रवक्ता दाहालले भने, ‘सोही बिल बमोजिमको गलत प्रतिवेदन तयार गरेर भुक्तानी नै गर्न नमिल्ने रकम भुक्तानी गरेको पाइएको हो ।’

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा

स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:२०

बाजुरा । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको...

गोकर्णेश्वरका नगर प्रमुख रिसाल एशिया ग्लोबल एक्सिलेन्स अवार्ड

गोकर्णेश्वरका नगर प्रमुख रिसाल एशिया ग्लोबल एक्सिलेन्स अवार्ड

वि.सं.२०८३ भदौ १ सोमवार १३:०२

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाललाई शिक्षा तथा...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

राष्ट्रिय सदाचार नीति कार्यान्वयनका लागि तीनै तहमा कार्ययोजना बनाइँदै

वि.सं.२०८३ साउन २५ सोमवार १६:३२

काठमाडौं । ‘राष्ट्रिय सदाचार नीति, २०८३’ कार्यान्वयनका लागि संघ, प्रदेश...

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:३६

काठमाडौँ। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न...

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०४

काठमाडौं। काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको...