back

ओखलढुङ्गामा नक्कली बिल बनाएर भ्रष्टाचार, वडाध्यक्ष सहित १० जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७५/७६ मा सिद्धिचरण नगरपालिका–१० मा विद्युत् पोल, तार र ट्रान्समिटर खरिद आयोजनामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध आरोपपत्र दायर गरेको हो ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, वडा नं १० का तत्कालिन अध्यक्ष दामोदर धमला, तत्कालिन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालिन खानेपानी तथा सरसफाइ प्राविधिक दीलकुमार बुढाथोकीलाई ४ लाख ७७ हजार ८९९ रुपैयाँ बिगो असुलउपर गरी कैद र जरीवानाको माग दाबी गरिएको छ ।

उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपकप्रसाद धमला तथा कोषाध्यक्ष गोठीमाया मगरबाट पनि ४ लाख ७७ हजार ८९९ रुपैयाँ बिगो असुलउपर गरी सजायको माग दाबी गरिएको छ ।

त्यस्तै नेपाल विद्युत प्राविधिकरणका ओखलढुङ्गा वितरण केन्द्रका तत्कालित कार्यालय प्रमुख सञ्जिव साह, भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीवकुमार यादवविरुद्ध मुख्य प्रतिवादीहरूलाई हुने सजाय बराबर सजाय गरी बिगोसमेत असुल उपर गर्न मागदावी गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

वडा १० मा विद्युत् पोल तार र ट्रान्समिटर खरिद योजनामा भ्रष्टाचार गरेको भनी परेको उजुरी निवेदनमाथि आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानबाट वडा १० मा विद्युतीकरणको कार्यका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा निःशुल्क प्राप्त तथा खरिद नै नगरिएको सामग्रीको उनीहरूले नक्कली बिल बनाएको आयोगले बताएको छ ।

प्रवक्ता दाहालले भने, ‘सोही बिल बमोजिमको गलत प्रतिवेदन तयार गरेर भुक्तानी नै गर्न नमिल्ने रकम भुक्तानी गरेको पाइएको हो ।’

 


Kageshwori manohara
सिन्धुलीको फिक्कल गाउँपालिकाले लगानी सम्मेलन गर्ने, ५० अर्ब लगानी गाउँपालिकामा भित्राउने लक्ष्य

सिन्धुलीको फिक्कल गाउँपालिकाले लगानी सम्मेलन गर्ने, ५० अर्ब लगानी गाउँपालिकामा भित्राउने लक्ष्य

वि.सं.२०८० मंसिर १२ मंगलवार १९:१०

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकामा प्रथम लगानी सम्मेलन हुने भएको...

पहिलो चौमासिकमा काठमाडौँ महानगरको राजस्व करिब ३ अर्ब उठ्यो

पहिलो चौमासिकमा काठमाडौँ महानगरको राजस्व करिब ३ अर्ब उठ्यो

वि.सं.२०८० मंसिर ६ बुधवार १४:३५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू...

ललितपुरले किन्यो दुईवटा अत्याधुनिक दमकल,मेयर चिरिबाबु महर्जनले गरे उद्घाटन

ललितपुरले किन्यो दुईवटा अत्याधुनिक दमकल,मेयर चिरिबाबु महर्जनले गरे उद्घाटन

वि.सं.२०८० मंसिर ६ बुधवार १४:१६

ललितपुर । ललितपुर महानगरपालिकाले दुईवटा अत्याधुनिक दमकल खरिद गरेको छ...

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

अब जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

वि.सं.२०८० साउन ३१ बुधवार १०:२७

काठमाडौँ। मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । हिजो बसेको...

गत आवमा काठमाडौँ महानगरपालिकाको राजस्व दश अर्ब २५ करोड

गत आवमा काठमाडौँ महानगरपालिकाको राजस्व दश अर्ब २५ करोड

वि.सं.२०८० साउन २४ बुधवार १६:२४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा रु...

कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क छुट दिने सरकारको निर्णय

कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क छुट दिने सरकारको निर्णय

वि.सं.२०८० साउन ३ बुधवार ११:४८

काठमाडौं। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। आज (बुधबार)...