back

क्यानडामा संघीय चुनाव : ट्रम्प नीतिका कारण मत परिणाम उथलपुथल हुने संकेत

आर्थिक अनिश्चितता र संयुक्त राज्य अमेरिकासँग बढेको तनावका कारण क्यानडाको संघीय चुनावको मत परिणाममा परिवर्तन हुने देखिएको छ । चुनावमा हालका प्रधानमन्त्री मार्क कार्नी नेतृत्वको लिबरल पार्टी, मुख्य विपक्षी कन्जर्भेटिभ पार्टी आफ्नो अस्तित्व जोगाउने कसरतमा छन् । अन्य पार्टीहरुले पनि सोही अनुसारको गतिविधि गरेकाले परिणाममा ठूलै उथलपुथल हुने अनुमान गरिएको छ ।

वर्षको सुरुमा, पियरे पोइलिभ्रेको नेतृत्वमा रहेको कन्जरभेटिभहरूले सर्वेक्षणमा बीस अंकभन्दा बढीको अग्रता लिएका थिए। तर अमेरिकी व्यापार विवादको बीचमा जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्दै मार्क कार्नीले लिबरल पार्टीलाई अब जित्ने सम्भावना देखिएको छ । यद्यपि पछिल्ला सर्वेक्षणहरूले प्रतिस्पर्धा कडा हुने देखिएको छ ।

टोरन्टो मेट्रोपोलिटन युनिभर्सिटीका डेमोक्रेटिक इन्गेजमेन्ट एक्सचेन्जका निर्देशक जोन बीबेले क्यानडामा अभूतपूर्व चुनाव हुने अनुमान गरिन् । ‘विगत केही महिनामा हामीले देखेको जस्तो छिटो र नाटकीय रूपमा एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको भाग्य कहिल्यै उल्टिएको छैन। यो एक अभूतपूर्व चुनाव हो, किनकि हामी अभूतपूर्व समयमा बाँचिरहेका छौं,’ बीबेले भनिन्।

मतदाताहरूले कन्जरभेटिभ वा लिबरल दुवै पक्षमा आफ्नो समर्थन बढाउँदै जाँदा क्यानडाका अन्य प्रमुख दलहरूको समर्थन घट्दै गएको सर्वेक्षणहरूले देखाएका छन्। संयुक्त राज्य अमेरिकासँगको ट्यारिफ विवाद र क्यानडाको सार्वभौमिकतामाथि बढ्दो चिन्ताको पृष्ठभूमिमा परिणाम फरक पर्ने अनुमान गरिएको छ ।

ट्रम्पले क्यानाडामाथि आर्थिक दबाब बढाएका बेला र उनले क्यानाडालाई अमेरिकाको ५१ औं प्रान्त बनाउने विचारसमेत अनेकौं पटक सार्वजनिक रूपमा व्यक्त गरेकाले त्यसको प्रभाव चुनावमा पर्ने निश्चित देखिएको छ । ट्रम्पको अभिव्यक्तिे क्यानाडाको राजनीतिमा राष्ट्रियतावादी भावनालाई बलियो बनाइदिएको छ। क्यानाडामा आज मा ३४३ संसद छनौट गर्न देशभरी एकैसाथ संघीय संसद हाउस अफ कमन्सको चुनाव भइरहेको छ । एजेन्सी

nactional life
Corporatebazar 11 Anniversary

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२२

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको...

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

वि.सं.२०८२ चैत १६ सोमवार १२:००

आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणको हवाई आक्रमण भएको...

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

वि.सं.२०८२ चैत १२ बिहीवार १२:१९

चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ ।...