back
Naima

सिंगटी हाइड्रोको विद्युत बिक्री आम्दानी उल्लेख्य बढ्यो

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४३ करोड ६७ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५३.८२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १७ करोड २० लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी उल्लेख्य बढेसँगै कम्पनी पनि नाफामा पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। पुस मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी ९ रुपैयाँ ८५ पैसा धनात्मक भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ २८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५०.९५ गुणा रहको छ। १ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २६ करोड ९१ लाख रुपैयाँ सञ्चित छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

वि.सं.२०८३ साउन २५ सोमवार १६:४५

काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन...

अप्पर सोलु हाइड्रोको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

अप्पर सोलु हाइड्रोको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३८

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड (USHEC) ले...

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १७ आइतवार २०:४१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट...

भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:१५

काठमाडौं । देशको विद्युत् प्रणालीले आन्तरिक उत्पादनबाटै माग धान्दै अतिरिक्त...

बुद्धभूमि नेपाल हाइड्रोले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने

बुद्धभूमि नेपाल हाइड्रोले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने

वि.सं.२०८३ साउन ६ बुधवार १८:३१

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले ६४ मेगावाट...

अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी म्याद थप्ने तयारी

अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी म्याद थप्ने तयारी

वि.सं.२०८३ साउन ३ आइतवार १३:३८

काठमाडौं । विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर अझै व्यावसायिक...