लगानीकर्तामा नैराश्यता, कारोबार रकम ५ अर्बमा सीमित

वि.सं.२०७८ भदौ २९ मंगलवार

काठमाडौँ । साताको तेस्रो दिन सेयर बजारले लगानीकर्तामा नैराश्यता छाएको दर्शाएको छ । यो दिन नेप्से परिसूचक १८ अंकले घटेको छ भने सबै उपसमूहमा गिरावट देखिएको छ ।
यो दिन नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२९ बिन्दूमा कायम भएको छ ।
आजको दिनमा २२२ कम्पनी कारोबारमा आउँदा १ करोड ६ लाख ३९ हजार ८ सय २६ कित्ता सेयर किनबेच भएको छ । यो दिन ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यद्यपि यो दिन मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यो दिन कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रो, राइराङ हाइड्रो, युनाइटेड मोदी हाइड्रो शीर्ष स्थानमा छन् ।
२०७८ भदौ २९ गते प्रकाशित

प्रकाशित समय : १६:५२ बजे