back
himalayan life

धनुषाको औरही नदीमा पुल निर्माण कार्य सकियो

धनुषा । धनुषाको औरही नदीमा पुल निर्माण सम्पन्न भएको छ । निर्धारित समयभन्दा १० महिना अगावै पुल बनेको हो । निर्माणाधीन ढल्केवर–जटही ६ लेनको सडक खण्डको क्षीरेश्वरनाथ र मिथिला नगरपालिकाको सीमामा उक्त पुल निर्माण गरिएको हो ।

यहाँ एकै ठाउँमा तीन पुल निर्माण गरिएका छन् । विसं २०७८ चैत मसान्तसम्ममा पुल निर्माण गर्ने सम्झौता भएको थियो । सरकार र ठेकेदार कम्पनी ‘कालिका टु दि रसुवा जेभी’बीच २०७६ असोज १ गते उक्त सम्झौता भएको थियो । कम्पनीका इञ्जिनीयर कृष्ण ढुङ्गेलका अनुसार गत असार पहिलो सातादेखि उक्त पुल सवारी साधन सञ्चालनका लागि खुला गरिएको छ । रु ७२ करोडको लागतमा पुल निर्माण गरिएका हुन् ।

पुलको लम्बाइ ९० मिटर र चौडाइ १३ मिटर रहेको छ । उक्त पुलभएर एकैपटक तीन सवारीसाधन एकतर्फी रुपमा चलाउन सकिने ढुङ्गेलले बताउनुभयो । पैदल यात्रुका लागि समेत छुट्टै लेन निर्माण गरिएको छ । यसअघि उक्त ठाउँमा एउटा पुल निर्माण भई सवारीसाधन सञ्चालन हुँदै आएका थिए ।
२०७८ भदौ २८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...