back

पोखराको पहिलो आकाशे पुल सञ्चालनमा

कास्की । पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र सवारीसाधनको चापलाई दृष्ट्रिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुल निर्माण गरेको हो ।

कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य स्वर्गीय पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्पmत रु ५० लाख विनियोजन गरेसँगै सिर्जनाचोकमा आकाशे पुल निर्माणकार्य शुरु गरिएको थियो ।

महानगरपालिकाको रु दुई करोड १५ लाखको लागतमा स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको इञ्जिनीयर राजु रेग्मीले बताए । गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी सञ्चालनमा आएको सो आकाशे पुल पहिलो भएको जनाउँदै उनले भने, “पुलको रङरोगन र सिसाको छानो राख्नेबाहेक सम्पूर्ण निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको हो ।”

इञ्जिनीयर रेग्मीका अनुसार एक ठाउँबाट आकाशे पुलमा चढेपछि चारैतर्पmबाट ओर्लन मिल्छ । आकासे पुलका लागि जमीनमुनि सिमेन्ट र जमीनमाथिका सबै संरचना निर्माणमा स्टिल प्रयोग गरिएको छ । महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणको लागि केएम जेबिएनएस पोखरा जेबीसँग सम्झौता भएको उक्त पुलको निर्माणकार्य २०७७ साउनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो । विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरस सङ्क्रमणका कारण निर्माणकार्य ढिला भई एक वर्षपछि सम्पन्न भएको हो ।

पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालका अनुसार सबैको चासो र चर्चामा रहेको उक्त आकाशे पुलमा दिनभरी पैदलयात्रु एवं साँझपख सर्वसाधारणको घुइँचो नै लाग्ने गरेको छ । पोखरा–बगलुङ सडकको प्रवेशद्वारका रुपमा रहेको उक्त आकाशे पुलमा विशेष गरी साँझपख दृष्यावलोकन एवं सेल्फि खिच्नेको भिड देखिने गरेको उनको भनाइ छ ।

उक्त पुलमा यतिखेर नेपालकै पर्यटकीय राजधानी पोखराका मुख्य बजारका चोकमा दिनानुदिन जनसङ्ख्यासँगै सवारीसाधनको चापका कारण व्यस्त पृथ्वीचोक, महेन्द्रपुल, विरौटाचोक, राष्ट्बैंकचोक, अमरसिहंचोक, सभागृहचोकलगायतका विभिन्न स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने आवश्यकता महसुस गर्न थालिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक अम्रित बस्नेतका अनुसार पोखराका मुख्यचोकमा आकाशे पुल निर्माणले सवारी दुर्घटनामा केही हदसम्म भए पनि कमी हुने विश्वास व्यक्त गरे।

२०७८ साउन ११ गते प्रकाशित


निर्माण व्यवसायीले बेवास्ता गरेपछि स्थानीय आफैँ जुटे सडक जोगाउन

निर्माण व्यवसायीले बेवास्ता गरेपछि स्थानीय आफैँ जुटे सडक जोगाउन

वि.सं.२०८२ वैशाख १० बुधवार ११:२४

रामेछाप । निर्माण व्यवसायीले सडक संरक्षणमा बेवास्ता गरेपछि रामेछापको मन्थली...

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:३४

रौतहट । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली...

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०४

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन...

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३५

काठमाडौं । उद्योगीहरुले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् ।...

निर्माणको अन्तिम चरणमा पुगेको पुल लामो सयदेखि अलपत्र, स्थानीयलाई यात्रामा कष्ट

निर्माणको अन्तिम चरणमा पुगेको पुल लामो सयदेखि अलपत्र, स्थानीयलाई यात्रामा कष्ट

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:३६

रामेछाप । पुल बनेको झण्डै दुई वर्ष भयो । पुलको...