back

एडीबीले नेपाललाई खोप खरिद गर्न १९ अर्व ८० करोड ऋण सहायता प्रदान गर्ने

काठमाडौं । एसियाली विकास बैंकले नेपाललाई कोभिड–१९ विरुद्धको खोप खरदका लागि १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ । कोभिड विरुद्धको १५.९ मिलियन डोज खोप खरिद गर्न पुग्ने गरि एडीबीले उक्त रकम दिन लागेको हो ।

यसबाट ६८ लाख नागरिकलाई प्रत्यक्ष फाईदा पुग्ने छ ।
‘एडीबीले दिने उक्त सहयोगले नेपालमा भाइरसको संक्रमण फैलिन र नागरिकलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ’ बैंकका अध्यक्ष मासातसुगा आसाकावाले भनेका छन् ।

खोप चाँडै खरिद गरी चाँडोभन्दा चाँडो खोप लगाउन समेत एडीबीले नेपाल सरकारलाई आग्रह गरेको छ । अर्थतन्त्रलाई लयमा फर्काउन बैंकले सहयोग गरेको समेत एडीबीले जनाएको छ ।

एसिया प्रशान्त क्षेत्रमा खोपको पहुँचका लागि एडीबीले विनियोजन गरेको ९ बिलियन डलरमध्ये बाटै नेपालले उक्त ऋण सहयोग प्राप्त गर्न लागेको हो । नेपालसहितका मुलुकलाई सघाउन सन् २०२० मा बैंकले उक्त कोष खडा गरेको थियो ।

२०७८ साउन ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

वि.सं.२०८३ साउन ७ बिहीवार २०:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

वि.सं.२०८३ साउन ४ सोमवार १३:२३

काठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का...