back

उद्योग परिसंघको अध्यक्षमा अग्रवाल चयन

काठमाडौं । नेपाल उद्योग परिसंघ अध्यक्षमा उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन् । परिसंघको १८ औं वार्षिक साधारणसभाबाट बरिष्ठ उपाध्यक्ष अग्रवाल परिसंघको अध्यक्ष चयन भएका हुन् ।

उनले यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको पनि नेतृत्व गरिसकेका छन् । साथै उनी परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरिसकेका व्यक्ति हुन् ।

अग्रवाल पूर्व फुटबल खेलाडी समेत रहनु भएका अग्रवाल नेपाल सुपर लिग विजेता काठमाडौं रेजर्स फुटबल क्लबका प्रोमोटर समेत रहेका छन् ।

नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन् । परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन भएका छन् ।

राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण कुमार चौधरी, बिक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन् ।

यसैगरी प्रतिष्ठानगततर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीव कुमार गुप्ता, राज बहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा ९सिवाकोटी०, अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् ।

संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएको छन् ।

२०७८ साउन ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा अभियोजन: १२१ जना प्रतिवादी, रु १ खर्ब १८ अर्ब बढी बिगो दाबी

वि.सं.२०८३ साउन ८ शुक्रवार १२:५०

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा...

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

विदेशी मुद्रा र भारु ओसारपसारमा राष्ट्र बैंकको नयाँ नियम: कुन मुद्रा कति बोक्न पाइन्छ?

वि.सं.२०८३ साउन ७ बिहीवार २०:१२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

नयाँ जीवन पाउने आशमा हेटौंडा कपडा उद्योग

वि.सं.२०८३ साउन ६ बुधवार १०:२१

काठमाडौं । एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको...

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...