back
skip this gaugauma singhadarbar

राष्ट्रिय सहकारी महासंघले बनायो १० वर्षे रणनीतिक योजना

काठमाडौँ – राष्ट्रिय सहकारी महासंघले १० वर्षे रणनीतिक योजना बनायो छ ।

काठमाडौंस्थित चन्दागिरीमा यहि चैत २ देखि ४ गतेसम्म भएको रणनीतिक योजना तर्जुमा कार्यशालाले दिगो एवं मर्यादित सहकारी अभियानको नेतृत्वदायी महासंघ भन्ने ध्येय तय गरेको हो ।

कार्यशाला गोष्ठीमा पूर्व अर्थ सचिव रामेश्वर खनाल, मास्टर चेतना कोच इन्द्र गुरुङ, मनोपरामर्शदाता राजेश्वरी श्रेष्ठ र सहकारी प्रशिक्षक केशव पोखरेलले सहजीकरण गर्नुभएको थियो ।पूर्व अर्थ सचिव खनालले समयमा नै रणनीति तय गर्न सकियो भने यसले ल्याउने प्रतिफल राम्रो हुने बताउनुभयो । उहाँले सबैले स्वामित्व ग्रहण हुने गरी योजना तर्जुमा गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो । गोष्ठीमा महासंघका संचालक समिति, लेखा तथा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु तथा कर्मचारीको सहभागीता रहेको थियो ।महासंघका अध्यक्ष मिनराज कडेँलले १० वर्षे रणनीति योजना प्राप्ति गर्न सकेको खण्डमा सहकारी अभियानमा ठूलो उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभयो । महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले असल मनसायका साथसहि निर्णय भएकाले सहकारी अभियानका लागि यो रणनीति योजना कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

अभियानलाई माथि उठान र महासंघलाई आत्मनिर्भर बनाउनका लागि रणनीतिक योजना फोकस भएको उहाँको बुझाइ छ । सहज वातावरण निर्माण, स्वनियमन र सुशासन, सवल सदस्य संघहरुको निर्माण, व्यावसायीक तथा आत्मनिर्भर महासंघ, सरोकारवालाबीच सुमधुर सम्बन्धलाई प्रमुख आधार बनाएर रणनीतिक योजनाको पहिलो ड्राफ तयार भएको महासंघले जनाएको छ ।

nactional life -asoj
gaugauma singhadarbar

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:५०

काठमाडौं । लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ...

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:०७

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब...

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

वि.सं.२०८२ कात्तिक १८ मंगलवार ०९:२८

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा...

सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै

वि.सं.२०८२ कात्तिक १८ मंगलवार ०९:२०

काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको...

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै : नेपाल राष्ट्र बैंकले आज ४० अर्ब तान्दै

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै : नेपाल राष्ट्र बैंकले आज ४० अर्ब तान्दै

वि.सं.२०८२ कात्तिक १६ आइतवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप रकम खिच्ने...

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब जम्मा

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब जम्मा

वि.सं.२०८२ कात्तिक १६ आइतवार १०:४०

काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब...