आगामी वर्षबाट उद्योगले घरभाडामा ५० प्रतिशत छुट पाउने
वि.सं.२०७८ जेठ १५ शनिवार
काठमाडौं । घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुले आगामी वर्षबाट घरभाडामा ५० प्रतिशत छुट पाउने भएका छन् ।
आर्थिक वर्ष २०७८÷७९ को बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका हुन् ।
सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट पाउने भएका हुन् ।
२०७८ जेठ १५ गते प्रकाशित
प्रकाशित समय : १२:०८ बजे