back
himalayan life

नेपाल लाइफको नाफा ९६.९३ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९ अर्ब ७४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

आज सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा ९.२१ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीको बीमा शुल्क आर्जन ८ अर्ब ९२ करोड रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत २ अर्ब २० करोड आर्जन गरेको छ। गत वर्ष यस्तो आय १ अर्ब ६८ करोड रुपैयाँमात्र थियो।

यो अवधिमा कम्पनीले ४ अर्ब २६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष कम्पनीले ३ अर्ब ८७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी ९.९४ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा कम्पनीको नाफा ९६.९३ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा २२ करोड ९० लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा घटेर ७० लाख ३३ हजार रुपैयाँमात्र भएको छ। कम्पनीले सेयर लगानी नोक्सानीबापत १८ करोड ८ लाख रुपैयाँ छुट्याएका कारण नाफा घटेको हो। यसमा कम्पनीले बीमांकीय मूल्यांकनपछि प्राप्त हुने मुनाफा भने गणना गरेको छैन।

कम्पनीको व्यवस्थापन खर्च ८.१३ प्रतिशतले वृद्धि भएर २१ करोड ८१ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च २० करोड १७ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीको जीवन कोषको आकार २५.२५ प्रतिशतले बढेर १ खर्ब १८ अर्ब रुपैयाँको भएको छ। गत वर्ष जीवन बीमा कोषमा ९४ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो। ३ अर्ब ६६ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर ८६ करोड ९६ लाख रुपैयाँमा सीमित बनेको छ।

समीक्षा अवधिसम्म कम्पनीको कुल कायम बीमालेखको संख्या १३ लाख ९३ हजार २५८ रहेको छ। गत वर्ष कुल कायम बीमालेखको संख्या १३ लाख १९ हजार ७०२ रहेको थियो।

चुक्तापुँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ०.३९ रुपैयाँ, पीई अनुपात ४३३८.०३ गुणा र प्रतिसेयर नेटवर्थ १२०.८५ रुपैयाँ रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...