back

आरबीबी मर्चेन्ट बैंकिङको एजीएमबाट लाभांश अनुमोदन

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंंकिङ लिमिटेडकोे छैटौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गरेको छ।

सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा मंगलबार सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत नगद लाभांशसहित वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको हो।

सभाका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हाल सहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैंकिङ सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोचअनुरुप आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैंकिङ सेवा लिन सकिने वातावरण बनाउने बताए।

मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्तापुँजी रहेको मर्चेन्ट बैंकिङले इस्यु मेनेजमेन्ट, आरटीएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ, डिपोजेटरी पार्टिसिपेन्टलगायतको सेवा दिइरहेको बताए।

सभामा आरबीबी मर्चेन्ट बैंंकिङका सञ्चालकहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, पवन रेग्मी, केशब प्रसाद लम्साल, राजेन्द्रप्रसाद दाहाल, बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, सेयरधनीका तर्फबाट प्रतिनिधि एवं बैंकका विभागीय प्रमुख विनयरमण पौडेल, बैंकका कम्पनी सचिव भोलानाथ पौडेल, कम्पनी रजिस्ट्रार कार्यालयकी सहायक रजिस्ट्रार कल्पनाकुमारी बर्तौला, बाह्य लेखापरीक्षक सीए सुजन सुवेदी, आन्तरीक लेखापरीक्षक सीए एकराज सिग्देललगायत मर्चेन्ट बैंकिङका कर्मचारीहरुकोे उपस्थिति थियो।

सभालाई कम्पनी सचिव खगेन्द्र उप्रेतीले सहजीकरण गरेका थिए।


विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार ३१ मंगलवार १८:२५

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत...

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

वि.सं.२०८२ असार ३१ मंगलवार १७:०८

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको तेस्रो संस्करणको...

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...