back
nactional

अर्थ मन्त्रालय राहतसँगै सुशासनमा केन्द्रित छ : प्रवक्ता पाण्डेय

काठमाडौं ।  अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले  सरकार र निजी क्षेत्र सहयात्री भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो नामक कार्यक्रममा बोल्दै मन्त्रालयका प्रवक्ता पाण्डेयले सरकार निजी क्षेत्रसँग मिलेर  राहत र सहुलियत प्याकेज, सुरक्षा र सुशासनमा केन्द्रित रहेको बताएका हुन्  ।

‘आर्थिक पुनरुत्थानका कार्यक्रम बढी प्राथमिकतामा छ । नेपालमा लगानी सुरक्षित छ भन्ने सन्देश दिनुपर्नेछ । जलेका गाडी हटाएर रंगरोगन गरेर सुरुवात गरेका छौं । सरकार सम्पत्तिको बीमा थिएन। क्षति कभर हुन सकेन । सचेत भएका छौं ’उनले भने ।

सरकारले के गर्दैछ भन्ने विषयमा  प्रवक्ता पाण्डेयले  भने ‘सहुलियतपूर्ण कर्जाको बक्यौताबापत ९ अर्बभन्दा बढी रकम शोध भर्नाका लागि निकासा भइसकेकाे छ । चीनतर्फ तातोपानी नाका हिजोबाट सञ्चालनमा आइसकेको छ । कोरला नाका खुलिसकेको छ । अर्थमन्त्रीस्तर कर दाखिला गर्ने म्याद थप गरेका छौं । मन्त्रिपरिषद्बाट पुन:निर्माण कोष कार्यविधि पारित भइसकेको छ ।’

उनले  सरकारी खर्चमा कटौतीका प्रस्ताव गरेको भन्दै कटौतीपछि १ खर्ब २१ अर्ब रकम कोषमा रहने बताए । प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुन: निर्माणलाई चाहिने आयातमा भन्सार छुट दिने निर्णय भएको छ । ‘मन्त्रालयको पहिलो प्राथमिकतामा सुशासन छ । हिजोबाट हटलाइन सेवा सुरु गरेका छौं । मन्त्रीज्यूले आफ्नै इमेल सार्वजनिक गरेर गुनासो लिने सुरुवात भएको छ । निर्माण व्यवसायीका भुक्तानी दिन महालेखानियन्त्रकको कार्यालयमार्फत् सहजिकरण गरिरहेका छौं,’ उनले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जीवित एक्स्पो २०२६’ सम्पन्न: स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

‘जीवित एक्स्पो २०२६’ सम्पन्न: स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

वि.सं.२०८३ भदौ १ सोमवार १३:१०

काठमाडौँ । वाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा शनिवार...

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १२:५८

काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफा आर्थिक वर्ष २०८२/८३ को...

सुनचाँदीको मूल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा वृद्धि

वि.सं.२०८३ भदौ १ सोमवार १२:५५

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको...

एनएमबी सरल बचत फण्ड–ई ले इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल दिने

एनएमबी सरल बचत फण्ड–ई ले इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल दिने

वि.सं.२०८३ भदौ १ सोमवार १२:३७

काठमाडौं । एनएमबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबी सरल बचत फण्ड–ई...

आजबाट नियमित डिपोहरूबाटै ग्यास बिक्री हुने, आफैं बेच्ने प्रक्रियाबाट पछि हट्यो आयल निगम

आजबाट नियमित डिपोहरूबाटै ग्यास बिक्री हुने, आफैं बेच्ने प्रक्रियाबाट पछि हट्यो आयल निगम

वि.सं.२०८३ भदौ १ सोमवार ०७:३९

काठमाडौं। खाना पकाउने एलपी ग्यास अब नियमित प्रक्रियाबाटै बिक्री हुने...

पल्सर पिपल्स च्वाइस अवार्डमा ५ खेलाडी : भोटिङका लागि खल्ती आईएमईसँग सम्झौता

पल्सर पिपल्स च्वाइस अवार्डमा ५ खेलाडी : भोटिङका लागि खल्ती आईएमईसँग सम्झौता

वि.सं.२०८३ भदौ १ सोमवार ०७:३१

काठमाडौं। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्डको मनोनयन...