back
nactional

इथानोलको मूल्य एकमहिना भित्र तोक्छौं : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रको नीतिमा धेरै अघि बढिसकेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार राजधानीमा आयोजना गरेका ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रको वृहत बहस’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो धारणा राख्दै मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पुरा गरिसकेको उनले बताए ।

‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एकमहिना भित्र टुंग्याउछौं’ मन्त्री भण्डारीले भने ।

इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयाल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको समेत उनले बताए ।

इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग पुग्ने उनले बताए ।

पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्ने सन्दर्भमा पछिल्लो समय निकै चर्चा चलेको छ । २०६० सालमा नै इथानोल उत्पादन र प्रयोगमा नीति बनेपनि हालसम्म कार्यान्वयनमा जान सकेको छैन । तर, नेपाला इथानोल उत्पादन र मिश्रण सम्भव रहेको जनाउँदै नेपाल आयाल निगमले आवश्यक तयारिका साथ उत्पादनमा जाने प्रतिवद्धता जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:३४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर...

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल सेवा दिन साझेदारी

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल सेवा दिन साझेदारी

वि.सं.२०८३ भदौ १ सोमवार २२:०८

काठमाडौं । नेपालको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल र...

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

वि.सं.२०८३ भदौ १ सोमवार २०:२८

काठमाडौं । वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा...

विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान

विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान

वि.सं.२०८३ भदौ १ सोमवार १५:५१

काठमाडौं । सर्वसाधारणको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने...