back
skip this gaugauma singhadarbar

उज्ज्वल भविष्यको मार्गचित्र बनेको प्राइम बैंक १९ औँ वार्षीकोत्सव मनाउदैं

सेयरधनीले राम्रो प्रतिफल पाइरहेका छन् । कर्मचारीहरु सन्तुष्ट छन् ।

काठमाडौँ । देशकै कान्छो वाणिज्य बैंक प्राइम कमर्शियलले शनिबार आफ्नो १९ औँ वार्षीकोत्सव मनाइरहेको छ ।

आफ्ना सुन्दर १८ वर्ष पुरा गरी १९ वर्ष लाग्दैगर्दा बैंकसँग सम्झन लायक कयौँ सुन्दर अनुभवमात्रै छैनन्, उज्ज्वल भविष्यको मार्गचित्र पनि छ ।

आजभन्दा १९ वर्षअघि ७० करोड पूँजीबाट सुरु भएको बैंकसँग अहिले करीब २० अर्ब शेयर पूँजी छ । कर्जा तथा निक्षेप सुरुवाति वर्षमा ५ अर्ब थियो भने अहिले सवा २ खर्ब नाघेको छ । बैंकको आकार जति बढ्यो, जोखिम पनि त्यति नै बढ्छ । अप्ठेराहरु आइरहन्छन् । त्यसै अनुुसार हामीले आफूलाई पनि चुस्त पार्दै लानुपर्छ भन्नेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव मानन्धरमात्रै होइन, उनको पुरा टीम नै एकमत छ।

मानन्धर स्वयंले पनि करीब दुई वर्षअघि सीईओको जिम्मेवारी लिएका थिए । त्यस बखत प्राइमको कर्जा १६३ अर्ब थियो । तर अहिले २२९ अर्ब पुगिसकेको छ । उनी व्यापार बढाउन ‘खप्पिस’ सीईओमध्ये हुन् । विगत तीन वर्षदेखि पुरा अर्थतन्त्र नै सुस्तताको भूमरीमा फसेको बेला समेत उनले व्यापारको रथलाई थाम्न दिएनन् र अनवरत कुदाइरहे।

अप्ठेरो समयमा पनि कर्जा विस्तारलाई जोड दिएछि बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि अरु बैंकको जसरी ठूलो गिरावट देखिएन । पहिले पनि ८५–८६ प्रतिशतमा बसिरहेको बैंकको सीडी रेसियो अहिले पनि ८२ प्रतिशत हाराहारीमा छ । जुन ‘इन्डस्ट्रि एभरेज’ ७५ प्रतिशतभन्दा निकै बढी हो ।

कोभीडको बेलामा बैंकले केके र कस्तोकस्तो कर्जामा जोखिम हुने रहेछ भन्ने गज्जबको शिक्षा पाएको थियो । त्यसैकारण अहिलेको आर्थिक सुस्तताका बीच पनि बैंकलाई कर्जा जोखिम घटाउने उपायहरुको कार्यान्वयन गर्न र सँगसँगै कर्जा बृद्धि गर्न पनि सहयोग पुग्यो ।

बैंकसँग अहिले १३ लाख ग्राहक छन् । पछिल्लो दुई वर्षमा मात्रै ३ लाख हाराहारी ग्राहक आधार विस्तार भएको सीईओ मानन्धर बताउँछन् ।

बैंकले आम्दानीको स्रोत बढाउने पाटोहरुलाईं सक्रीय पार्ने र बलियो बनाउने कोसिस निरन्तर गरिरहेको छ । ब्याज आम्दानीमात्रै होइन, ग्यारेन्टी लगायतका अन्य स्रोतबाट पनि आम्दानी बढाउने रणनीति बैंकले लिएको छ ।

डिजिटल बैंकिङ पनि बैंकहरुले दिएको सुविधामात्रै होइन । त्यसबाट बैंकहरुको आम्दानी निकै राम्रो छ । प्राइमले यस्ता विषयमा पनि आफूलाई फौलाउँदै लगेको छ । त्यसरी दुई वर्षमा ५५ प्रतिशतभन्दा धेरै ‘अन्य आम्दानी’ बढेको छ ।

मानन्धरले सीईओको कुर्सी सम्हाल्नु अघि पनि प्राइम बैंकको वित्तीय स्वास्थ्य तुलनात्मक रुपमा राम्रै थियो । त्यसमा उनले थप ‘प्राण’ भरिरहेका छन् । बैंकहरुको सञ्चालन नाफाको बढोत्तरीमा प्राइम अग्रस्थानमै छ । मानन्धर आएपछि पनि उनले आफ्नो कार्यकालको पहिलो वर्षमै सञ्चालन नाफा १८ प्रतिशत बढाएका थिए । दोस्रो वर्षमा आउँदा यस्तो नाफा १५ प्रतिशत बढ्यो । जबकी बैैंकिङ क्षेत्रको औसत बृद्धिदर शून्यप्राय: रहेको छ ।

दुई वर्ष पहिले ६ अर्ब ३० करोड भएको सञ्चालन नाफा अहिले ८ अर्ब ६० करोड पुगेको छ । चालू आर्थिक वर्षमा बैंकले साढे ९ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्ने लक्ष्य अघि सारेको छ ।

अहिलेको विकट आर्थिक हालतमा पनि निष्कृय कर्जाको गाँठो फुकाउनेतिर धेरै नरुमल्लिइकन सञ्चालन नाफा बढाउने रणनीति बैंकले लियो । तत्कालका लागि यो नीति निकै ‘सफल’ देखिएको छ। यसो गर्दा २–३ अर्ब कर्जा डुब्ने अवस्था नै आयो भने पनि सञ्चालन नाफा ह्वात्त बढाउन सकेको खण्डमा त्यो कर्जाको पुनर्भरण गर्न सक्ने अवस्था हुन्छ ।

कतिपय व्यवसाय फेरि उठ्नै नसक्ने गरी थलिएका छन् भने तीनैलाई दपेटिरहन बैंकले ऊर्जा खर्च गर्नु हुँदैन भन्ने मान्यता मानन्धर राख्छन् । उनको यो सिकाइको जगचाहीँ धेरै वर्षअघि हाम्रा तीनवटै सरकारी स्वामित्वका बैंकहरु (राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक)लाई वित्तीय उद्धार गर्दाका बखत हासिल गरेको अनुभवमा आधारित छ।

उनले खराब समयमा पनि गुणस्तरीय कर्जा विस्तार गर्नसक्ने संभावना हुन्छ र त्यसो गर्नु रणनीतिक रुपमा सही हुन्छ भन्ने सिकाइ उनले पाएका थिए । त्यही सिकाइको अनुशरण गर्दै अहिलेको विषम परिस्थितिमा पनि प्राइम बैंकलाई बजारकै उत्कृष्ट ‘पर्फरमर’मध्येको एक संस्थाका रुपमा उभ्याएका छन् ।

यही सिकाइले अरु प्रतिस्पर्धी बैंकहरुको सञ्चालन नाफा बढ्न नसकेको, कतिपयको त घटिरहेको अवस्थामा प्राइमले आफ्नो नाफा फराकिलो अन्तरले बढाएको छ ।

मानन्धरको बुझाइमा नेपालको बैंकिङ क्षेत्र चुनौतीको भूमरिमा फसेको कोभीड सुरुभएदेखि नै हो । अहिले पनि त्यही लहरो तन्किँदै गएको छ । तर अहिले पनि कतिपय व्यापारी व्यवसयीको कारोबार र उनीहरुको सम्पत्तीको गुणस्तर राम्रो हालतमा रहेको मानन्धर बताउँछन् ।

स्वपूँजीमा बलियो देखिएका व्यवसायी अहिले पनि सहज तवरमा देखिन्छन् । तर स्वपूँजी कम भएको र धेरैजसो लगानी बैंकको ऋणबाटै गरिएको व्यवसाय चाहीँ अहिले साँच्चैको समस्यामा फसेको उनको बुझाइ छ ।

यस्तो बेला ‘बैंकिङ क्षेत्रलाई चुनौती त छ, तर थेग्नै नसक्ने जोखिम पनि छैन’ भन्ने उनको मत छ । ‘कोभीडदेखि अहिलेसम्मको अवस्था हेर्ने हो भने करीब २५–३० प्रतिशत व्यवसायीलाई समस्या परेको छ । बाँकी ७५ प्रतिशतलाई यी गतिविधीले छोएकै छैन’, उनी भन्छन् । धेरै व्यवसायीको कि आम्दानी बलियो छ, कि पूँजी बलियो छ, कि कर्जाको भार निकै कम छ । कुल लगानीको २०–३० प्रतिशतमात्रै कर्जा लिएर काम गर्ने व्यवसायी पनि निकै धेरै भएको उनी बताउँछन् । त्यस्ता व्यवसायलाई अहिले ‘पेनिक’ अवस्थाबाट गुज्रनुपर्ने बाध्यता नभएको उनी ठान्छन् ।

त्यसैले अब बैंकले पनि व्यवसायीप्रतिको विस्वसनीयता, व्यवसायको संभावनाजस्ता विषयलाई पहिलेभन्दा कम प्राथमिकता दिनुपर्ने, बरु स्वपूँजीलाई नै ज्यादा महत्व दिनुपर्ने अवस्था आएको मानन्धरको बुझाइ छ । यसरी बैंकले आफ्नो लगानी रणनीतिलाई पनि क्रमश: बदल्दै लगेको उनको कुराबाट स्पष्ट हुन्छ ।

त्यसैले समय सापेक्ष रणनीति र कार्यनीतिमा बदलाव गर्दै अघि बढ्दा १८ वर्षमा बैंकले ठूलो सफलता हासिल गरेको छ । केही विकास बैंकलाई छाडेर यो बैंकले कुनै ठूला मर्जर गरेको छैन । त्यसैले कारोबारको आकारमा ज्यादा प्रतिस्पर्धा नभए पनि सबैभन्दा धेरै सञ्चालन नाफा आर्जन गर्ने पाँचौँ बैंक बन्नुले प्राइमको ‘इफिसियन्सी’लाई एक उदारहणीय र अनुष्करणीय बनाएको छ ।

खुद नाफा र वितरणयोग्य नाफामा पनि यो बैंक २० मध्ये शीर्ष ७ बैंकमै पर्दै आएको छ ।

नेपालमा जलविद्युत् आयोजनामा लगानी गर्न थाल्ने पायोनियर संस्था नै प्राइम बैंक भएको मानन्धर बताउँछन्। धेरै बैंकहरु अकमकाइरहेका बेला प्राइमले थालनी गरेको थियो । त्यसको परिणाम आज यो देश बिजुली निर्यात गर्ने हालतमा पुगिसकेको छ । प्राइमको इनिसियशनलाई साथ दिँदै नेपाल राष्ट्र बैंकले जलविद्युतलाई ‘निर्देशित कर्जा’को महत्वपूर्ण हिस्सा बनाइदियो । अहिले बैंकले १९ अर्बजति कर्जा जलविद्युत् क्षेत्रमा लगानी गरेको छ । पछिल्लो समय बैंकले जलविद्युतको तुलनामा सौर्य ऊर्जालाई ज्यादा प्राथमिकता दिन थालेको छ ।

बैंकले देशभर करीब २००० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको छ । बैंक खुलेको दोस्रो वर्षबाट लाभांश बाँड्न थालेको यो बैंकले दुई वर्ष अघिसम्म लगातार लाभांशको दर १५ प्रतिशतभन्दा घटाएन । अहिलेको आर्थिक समस्याले भने यो बैंकलाई लाभांशको आफ्नो पुरानो मानक कायम राख्न दिएन। तर बैंक अझै पनि फेरि पुरानै लयको लाभांश क्षमता हासिल गर्ने कोसिस भने गरिरहेको छ । सेयरधनीले राम्रो प्रतिफल पाइरहेका छन् । कर्मचारीहरु सन्तुष्ट छन् । सबै राम्रै भइरहेको छ।

nactional life -asoj
gaugauma singhadarbar

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:४३

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई राष्ट्रिय स्तरको भुक्तानी...

बैंकहरुको वित्तीय विवरण : कसले कति कमाए ?

बैंकहरुको वित्तीय विवरण : कसले कति कमाए ?

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:३१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफामा गिरावट...

१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा

१३.८६ प्रतिशत बढ्यो सानिमा बैंकको नाफा

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:२३

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

नबिल बैंकको नाफामा गिरावट

नबिल बैंकको नाफामा गिरावट

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:०८

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको...

कृषि विकास बैंकको लाभांश घोषणा

कृषि विकास बैंकको लाभांश घोषणा

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:०४

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क, कुनले कति आर्जन गरे ?

तीन महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ४९ अर्ब २२ करोड बीमा शुल्क, कुनले कति आर्जन गरे ?

वि.सं.२०८२ कात्तिक २० बिहीवार १५:००

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा जीवन बीमा कम्पनीले...