back
national life

चैतसम्म निर्जीवन बीमाद्वारा ३२ अर्ब ८१ करोड बीमा शुल्क संकलन, कुन क्षेत्रमा कति शुल्क संकलन ?

काठमाडौँ । चैत महिनासम्म निर्जीवन बीमा कम्पनी तथा लघुबीमा कम्पनीले ३२ अर्ब ८१ करोडको बीमा शुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी तथा चार लघु निर्जीवन बीमा कम्पनी कम्पनीले यो अवधिमा २४ लाख १२ हजार वटा बीमालेख बिक्री गर्दा चालु आर्थिक वर्षको ९ महिनामा सो बराबरको बीमाशुल्क संकलन गरेका हुन्। यसमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले बीमाशुल्क संकलन गरेको छ । शिखरले ४ अर्ब ३४ करोड, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १० करोड, हिमालयन एभरेस्ट इन्स्योरेन्सले २ अर्ब ७८ करोड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क उठाएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड, ओरियन्टल इन्स्योरेन्सको २ अर्ब १५ करोड, एनएलजी इन्स्योरेन्सको २ अर्ब १३ करोड, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ९२ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

नेपाल इन्स्योरेन्सले १ अर्ब ५५ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ३० करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १३ करोड र नेशनल इन्स्योरेन्सले ८७ करोड ९५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

त्यसबाहेक माइक्रो इन्स्योरेन्सले १९ करोड ३६ लाख, प्रोएक्टिभ माइक्रो इन्स्योरेन्सको १७ करोड ५७ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १६ करोड ३२ लाख तथा ट्रस्ट माइक्रो इन्स्योरेन्सले १५ करोड ४० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

कुन क्षेत्रमा कति शुल्क संकलन ?

प्रदेशगत रूपमा हेर्दा यो अवधिमा संकलित कुल बीमा शुल्कमध्ये बाग्मती प्रदेशमा २२ अर्ब १० करोड, लुम्बिनीमा २ अर्ब ८५ करोड, कोशी प्रदेशमा २ अर्ब ८६ करोड, मधेशका २ अर्ब १५ करोड, गण्डकीमा १ अर्ब ७० करोड, सुदूरपश्चिममा ४२ करोड ४७ लाख तथा कर्णालीमा ३० करोड ६८ लाख रुपैयाँ संकलन भएको तथ्यांक छ ।

त्यस्तै, शीर्षकगत रूपमा हेर्दा मोटर बीमातर्फ ९ अर्ब ८२ करोड, सम्पत्ति बीमातर्फ ८ अर्ब १९ करोड, इञ्जिनियरिङ बीमातर्फ ५ अर्ब ५६ करोड, कृषि तथा बाली बीमाबापत १ अर्ब २३ करोड, सामुन्द्रिक बीमातर्फ १ अर्ब ८९ करोड, हवाई बीमातर्फ १ अर्ब ८१ करोड, लघु बीमातर्फ ६९ करोड ९७ लाख रुपैयाँ तथा विविध बीमातर्फ ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको छ ।

national life
gaugauma singhadarbar

वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रम जारी, कुन बैंकको ब्याजदर कति?

वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रम जारी, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८२ माघ २९ बिहीवार १२:५८

काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक...

हिमालयन लाइफ इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८२ माघ २८ बुधवार १८:५४

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण...

वित्तीय प्रणालीको स्थायित्व र पारदर्शितामा जोड दिन गभर्नरको अनुरोध

वित्तीय प्रणालीको स्थायित्व र पारदर्शितामा जोड दिन गभर्नरको अनुरोध

वि.सं.२०८२ माघ २८ बुधवार १७:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक...

जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

वि.सं.२०८२ माघ २७ मंगलवार १५:५२

काठमाडौं । ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा दिगो आर्थिक विकास परियोजना...

चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान

चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान

वि.सं.२०८२ माघ २७ मंगलवार १४:४०

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२\८३ को बजेटको...

कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गर्भनर पौडेलबीच भेटवार्ता

कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गर्भनर पौडेलबीच भेटवार्ता

वि.सं.२०८२ माघ २७ मंगलवार १३:४४

काठमाडौं । नेपाल–कतारबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ...