माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८१ असोज १६ बुधवार

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी शत्रुघन केसीको नाममा रहेको ५५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।
उक्त शेयर खरिदका लागि शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल सन्धाराको शेयर विभागमा दिन सक्नेछन् ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित समय : १४:१५ बजे