back
nactional

‘पठाओ दसैँ महोत्सव २०८१’ सुरू, बम्परमा होण्डा साइन मोटरसाइकल साथै १ प्रतिशत कमिसन अफर

काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले ‘पठाओ दसैँ महोत्सव २०८१’  सुरू गरेको छ ।

महोत्सव असोज १७ गतेसम्म चल्ने पठाओ नेपालकी मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् ।

महोत्सवमा पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोहरुले अधिक कमाई गर्न सक्ने कम्पनीले जनाएको छ ।

हमालका अनुसार दसैँ महोत्सव काठमाडौं उपत्यकामा मात्रै सञ्चालनमाा  ल्याइएको हो । ‘पठाओले राइड सेयरिङ सुविधा अहिले नेपाल भर दिएको भए पनि यो महोत्सव काठमाडौँ उपत्यकाका लागि मात्र हो,’ उनले भनिन् ।

साथै  दैनिक १ प्रतिशत कमिसन अफर पनि भएकाले यो महोत्सव चालकहरूका लागि थप कमाई गर्ने राम्रो अवसर भएको हमालको भनाइ छ । उनका अनुसार, दैनिक १ प्रतिशत कमिसन अफरमा चालकहरूले दैनिक राइड लिँदै जाँदा अफिसलाई तिर्नु पर्ने कमिसन घट्दै जाने र दैनिक १ प्रतिशतसम्म पुग्नेछ ।

धेरै राइड वा डेलिभरी गर्नेमध्येबाट लक्की ड्रबाट तीनजना विजेता छनोट गरिने हमालले बताइन् । विजेताले राम्रो रेन्ज भएको होण्डा साइन १२५ सीसी मोटरसाइकल बम्पर उपहार पाउनेछन् ।

बम्पर उपहारको लक्की ड्रमा पर्नका लागि २१ दिन भित्र सबै राइडर, क्याप्टेन, पठाओ हिरो तथा पार्सल हिरोहरूले १७० भन्दा धेरै राइड या डेलिभरी, ७० प्रतिशत सिआर (कम्प्लेसन रेट) वा एसआर (सक्सेस रेट) पुरा गर्नुपर्नेछ ।

हालका लागि पठाओ राइडर बन्न इच्छुकहरूका लागि नि:शुल्क दर्ताको व्यवस्था रहेको कम्पनीले जनाएको छ । 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान

विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान

वि.सं.२०८३ भदौ १ सोमवार १५:५१

काठमाडौं । सर्वसाधारणको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने...

विद्युत उत्पादनसँगै आन्तरिक खपत र प्रसारण पूर्वाधार सुदृढीकरणमा सरकारको प्राथमिकता

विद्युत उत्पादनसँगै आन्तरिक खपत र प्रसारण पूर्वाधार सुदृढीकरणमा सरकारको प्राथमिकता

वि.सं.२०८३ भदौ १ सोमवार १५:४४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत...

सीजी सिमेन्टको ९ महिनाको सञ्चालन आम्दानी २ अर्ब ५९ करोड

सीजी सिमेन्टको ९ महिनाको सञ्चालन आम्दानी २ अर्ब ५९ करोड

वि.सं.२०८३ भदौ १ सोमवार १५:४२

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिले चालू...

‘जीवित एक्स्पो २०२६’ सम्पन्न: स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

‘जीवित एक्स्पो २०२६’ सम्पन्न: स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

वि.सं.२०८३ भदौ १ सोमवार १३:१०

काठमाडौँ । वाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा शनिवार...

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १२:५८

काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफा आर्थिक वर्ष २०८२/८३ को...

सुनचाँदीको मूल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा वृद्धि

वि.सं.२०८३ भदौ १ सोमवार १२:५५

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको...