back
Naima

मेगा बैंकले त्रिपुरासुन्दरीका उद्योगव्यवसायीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका तथा धादिङ उद्योग वणिज्य संघसँग आबद्ध उद्योगव्यवसायीलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ।

मेगा क्यापिटल मार्केट्स, मेगा बैंक, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उवासंघबीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको छ।

धादिङस्थित एक समारोहका बीच सम्झौतापत्रमा मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, मेगा बैंकको लघु तथा कृषि कर्जा विभागका प्रमुख पुण्यप्रसाद खनिया, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापा र धादिङ उवासंघका कार्य समिति सदस्यसुमन घरेलले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार त्रिपुरासुन्दरी गाउँपालिका तथा धादिङ उवासंघसँग आबद्ध उद्योगव्यवसायीलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि मेगा बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ।

जसमा मेगा क्यापिटलले धादिङ उवासंघसँगको सहकार्य तथा सिफारिसमा उद्यमीव्यवसायीहरुको कम्पनी दर्ताका लागि आवश्यक कागजात तयार गरिदिने र आवश्यकताअनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपणलगायतका बैंकमा कर्जाका लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकताअनुसार सम्बन्धित उद्यमीव्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ।

मेगा बैंकले स्थापनाकालदेखि नै हलोदेखि हाइड्रोसम्म’ भन्ने नाराका साथ विभिन्न वर्गलाई प्राथमिकतामा राखी बैंकिङ सेवा सर्वसुलभ गराउँदै आइरहेको छ। यसले स्थानीयस्तरमा साना तथा मझौला उद्यमी तथा कृषकको वित्तीय पहुँच बढाई व्यवसाय वृद्घि तथा विस्तारमा सहयोग पुग्नुका साथै उद्यमी तथा कृषकहरुको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ।

२०७८ भदौ ३० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:२६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्राइम कमर्सियल बैंक...

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा १०६ प्रतिशतको छलाङ

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा १०६ प्रतिशतको छलाङ

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:१८

काठमाडाैं । गत आर्थिक वर्षमा सिटिजन लाइफ इन्स्योरेन्सले ३९ करोड...

हिमालयन बैंकको खुद नाफामा ऐतिहासिक उछाल, अन्य सूचक कस्ता ?

हिमालयन बैंकको खुद नाफामा ऐतिहासिक उछाल, अन्य सूचक कस्ता ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:१२

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा हिमालयन बैंक लिमिटेडकाे...