back
nactional

नाइमा मोबिलिटी एक्सपोमा म्याक्सस इ-टेरेन पिकअपको उत्साहजनक बुकिङ, छुट सुविधा भदौ १५ सम्म थप

काठमाडौं ।  हिमालय अर्गनाइजेसन अन्तर्गतको आधिकारिक वितरक हिमालय मोटरक्स प्रा.लि.ले हालै सम्पन्न नाइमा मोबिलिटी एक्सपोमा म्याक्सस इ-टेरेन (Maxus eTerron) इलेक्ट्रिक पिकअप ट्रकको कुल ४४ वटा बुकिङ हासिल भएको आधिकारिक जानकारी गराएको छ।
कम्पनीका अनुसार बुकिङ भएका कुल सवारी साधनहरू मध्ये ‘कम्फर्ट भर्सन’ ३६ वटा र ‘प्रिमियम भर्सन’ ८ वटा रहेका छन्। तीन हप्ता अगाडि मात्रै नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको इ-टेरेन कम्फर्ट भर्सन पिकअपलाई सुरुवाती मूल्य रु. ८८ लाखमा बजारमा प्रस्तुत गरिएको थियो। नाइमा अटो शोको अवसर पारेर कम्पनीले यो मोडलमा रु. २ लाखको विशेष छुट प्रदान गरेको थियो। त्यसैगरी, प्रिमियम भर्सनको बजार मूल्य रु. १ करोड २८ लाख कायम गरिएकोमा उक्त मोडलको पिकअप खरिदमा अटो शो अवधिभर रु. ५ लाखको बम्पर छुट उपलब्ध गराइएको थियो।
यद्यपि, कम्पनीले यो आकर्षक छुट सुविधा नाइमा मोबिलिटी एक्सपोको अवधिभरका लागि मात्र सीमित राख्ने योजना बनाएको थियो। तर, एक्सपो सकिएपछि पनि ठूलो संख्यामा ग्राहकहरूले यो विशेष अफरलाई केही दिन थप गरिदिन अनुरोध गरेपछि ग्राहकहरूको मागलाई सम्मान गर्दै कम्पनीले छुट सुविधा आगामी भदौ १५ गतेसम्मका लागि यथावत राख्ने निर्णय गरेको छ। अब यो अफर मार्फत सवारी साधन बुकिङ गर्न इच्छुक ग्राहकहरूले काठमाडौंको हात्तीसारस्थित म्याक्ससको आधिकारिक शोरुममा गएर प्रत्यक्ष रूपमा बुकिङ प्रक्रिया पूरा गर्न सक्नेछन्।

‘परिवार र व्यवसायका लागि एउटै सवारी’ – किन लोकप्रिय बन्दैछ म्याक्सस?

“परिवार र व्यवसायका लागि एउटै सवारी” भन्ने मुख्य नाराका साथ नेपाली अटोमोबाइल बजारमा बिक्री वितरण थालेको म्याक्सस पिकअपले अत्यन्तै छोटो समयमा व्यापक लोकप्रियता र सफलता हासिल गर्न सफल भएको छ।
विशेषगरी नेपालका युवा पुस्ता, दूरदराजका कच्ची तथा अप्ठ्यारा सडकहरूमा बारम्बार यात्रा गरिरहनुपर्ने चालकहरू र आउटडोर क्याम्पिङ तथा एडभेन्चरमा रुचि राख्ने व्यक्तिहरूले यो गाडीलाई बढी रोजेको देखिन्छ। यो पिकअप अन्य परम्परागत पिकअपहरूको तुलनामा निकै एग्रेसिभ र मस्कुलर देखिन्छ। साथै, आधुनिक र सुविधा सम्पन्न लक्जरी कारहरूमा पाइने जस्तै अत्याधुनिक फिचरहरूले भरिपूर्ण भएकाले यो व्यावसायिक कार्यका साथै निजी/पारिवारिक प्रयोजनका लागि समान रूपमा उपयुक्त ठहरिएको छ।
यसमा रहेको उच्च ग्राउन्ड क्लिरेन्स र बलियो बनोटका कारण निर्माण (कन्स्ट्रक्सन) क्षेत्र र हाइड्रोपावर प्रोजेक्टमा संलग्न व्यवसायीहरूका लागि यो विद्युतीय पिकअप निकै भरपर्दो र इन्धन खर्चको हिसाबले किफायती सिद्ध भएको छ।

विश्वस्तरीय प्रविधि र बिक्रीपछिको बलियो सेवा

म्याक्सस पिकअप चीनको प्रतिष्ठित र विश्वविख्यात अटोमोबाइल निर्माता कम्पनी SAIC Motor अन्तर्गतको Maxus ब्रान्डद्वारा निर्मित सवारी साधन हो। विश्वस्तरीय सुरक्षा मापदण्ड र प्रविधि अपनाएर उत्पादन गरिएका कारण पनि नेपाली ग्राहकहरूले यस ब्रान्डप्रति छोटो समयमै ठूलो विश्वास र भरोसा देखाएका छन्।
यसका अलावा, नेपालका लागि आधिकारिक वितरक हिमालय मोटरक्स प्रा.लि.ले बिक्रीपछिको सेवा (After-Sales Service) लाई उच्च प्राथमिकतामा राखेको छ। कम्पनीले देशभर सहज रूपमा ओरिजिनल स्पेयर पार्ट्स र गुणस्तरीय सर्भिसिङ सुविधा उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ। बिक्रीपछिको सेवामा देखाइएको यही दायित्व र तत्परताका कारण पनि मानिसहरूको आकर्षण म्याक्सस ब्रान्डतर्फ तीव्र रूपमा बढिरहेको पाइन्छ।
Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नाइमा मोबिलिटी एक्सपो २०२६ मा एथर नेपालको सफलता: ५०० भन्दा बढी बुकिङसँगै ‘ओभरटोन सिरिज’प्रति ग्राहकको उच्च आकर्षण

नाइमा मोबिलिटी एक्सपो २०२६ मा एथर नेपालको सफलता: ५०० भन्दा बढी बुकिङसँगै ‘ओभरटोन सिरिज’प्रति ग्राहकको उच्च आकर्षण

वि.सं.२०८३ भदौ २ मंगलवार १२:०३

काठमाडौँ । बैद्य इनर्जी प्राइभेट लिमिटेडअन्तर्गत सञ्चालित एथर नेपाल (Ather...

३१ देशका ९१५ डिजाइनरले बनाएको ‘दिपल निभो क्यू०५’ नेपाल आउँदै: यस्ता छन् विशेषता

३१ देशका ९१५ डिजाइनरले बनाएको ‘दिपल निभो क्यू०५’ नेपाल आउँदै: यस्ता छन् विशेषता

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३२

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता चांगानको बहुप्रतीक्षित मोडल 'दिपल...

नाइमा एक्स्पोमा १२०० बढी दुईपाँग्रे सवारी बुकिङ, कुन ब्राण्डका कति ?

नाइमा एक्स्पोमा १२०० बढी दुईपाँग्रे सवारी बुकिङ, कुन ब्राण्डका कति ?

वि.सं.२०८३ भदौ १ सोमवार २२:२९

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा...

रोकिराखेको सुपर सोको इलेक्ट्रीक स्कुटरमा आगलागी

रोकिराखेको सुपर सोको इलेक्ट्रीक स्कुटरमा आगलागी

वि.सं.२०८३ भदौ १ सोमवार २२:२३

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ सनसिटी चोकमा रोकिराखेको एक...

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

वि.सं.२०८३ भदौ १ सोमवार २०:१५

काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी...

नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल

नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल

वि.सं.२०८३ भदौ १ सोमवार २०:०५

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा अटो...