back
nactional

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा ४७.५८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ। जारी वित्तीय विवरणअनुसार कम्पनीले यो अवधिमा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। आव २०८१/८२ को सोही अवधिमा टेलिकमको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो आवको तुलनामा ३.१२ प्रतिशत अर्थात् १ अर्ब ५ करोड ५९ लाख रुपैयाँले बढी हो। यस्तै, टेलिकमको कुल आय पनि २.६५ प्रतिशतले बढेर ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको कर अघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३४.६६ प्रतिशतको वृद्धि हो। यस अवधिमा कम्पनीको ब्याज, कर, ह्रास र अमोर्टाइजेसन अघिको आम्दानी (इबिट्डा) २० अर्ब ४८ करोड १ लाख रुपैयाँ रहेको छ। हाल कम्पनीको प्रति सेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा छ।

वित्तीय विवरण अनुसार कम्पनीको जीएसएमतर्फको राजश्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको छ । यद्यपि, ब्याजदर क्रमिक रूपमा घट्दा ब्याज आम्दानीमा भने गिरावट आएको टेलिकमले जनाएको छ। ‘ब्याज दर क्रमिक रूपमा घट्नुको कारणले ब्याज आयमा गत आवको चौथो त्रैमासिकसम्मको तुलनामा ब्याज आय करिब ८६ करोड १९ लाख अर्थात २२.८८ प्रतिशतले घटी भएको छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जीवित एक्स्पो २०२६’ सम्पन्न: स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

‘जीवित एक्स्पो २०२६’ सम्पन्न: स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

वि.सं.२०८३ भदौ १ सोमवार १३:१०

काठमाडौँ । वाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा शनिवार...

सुनचाँदीको मूल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा वृद्धि

वि.सं.२०८३ भदौ १ सोमवार १२:५५

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको...

एनएमबी सरल बचत फण्ड–ई ले इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल दिने

एनएमबी सरल बचत फण्ड–ई ले इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल दिने

वि.सं.२०८३ भदौ १ सोमवार १२:३७

काठमाडौं । एनएमबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबी सरल बचत फण्ड–ई...

आजबाट नियमित डिपोहरूबाटै ग्यास बिक्री हुने, आफैं बेच्ने प्रक्रियाबाट पछि हट्यो आयल निगम

आजबाट नियमित डिपोहरूबाटै ग्यास बिक्री हुने, आफैं बेच्ने प्रक्रियाबाट पछि हट्यो आयल निगम

वि.सं.२०८३ भदौ १ सोमवार ०७:३९

काठमाडौं। खाना पकाउने एलपी ग्यास अब नियमित प्रक्रियाबाटै बिक्री हुने...

पल्सर पिपल्स च्वाइस अवार्डमा ५ खेलाडी : भोटिङका लागि खल्ती आईएमईसँग सम्झौता

पल्सर पिपल्स च्वाइस अवार्डमा ५ खेलाडी : भोटिङका लागि खल्ती आईएमईसँग सम्झौता

वि.सं.२०८३ भदौ १ सोमवार ०७:३१

काठमाडौं। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्डको मनोनयन...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ १ सोमवार ०७:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर...