सुनचाँदीको मूल्यमा वृद्धि
वि.सं.२०८३ भदौ १ सोमवार
काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला ६० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आईबारको बजारमा सुन प्रतितोला तीन लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७७० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित समय : १२:५५ बजे






















