back
nactional

एनएमबी सरल बचत फण्ड–ई ले इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल दिने

काठमाडौं । एनएमबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबी सरल बचत फण्ड–ई ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । उक्त प्रतिफलमा करसमेत समावेश रहेको छ ।

योजना व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेडका अनुसार साउन २१ गतेसम्म कायम रहेका इकाइधनीले उक्त प्रतिफल प्राप्त गर्नेछन् । प्रतिफल वितरण प्रयोजनका लागि फण्डले साउन २१ गते एक दिन बुक क्लोज गरेको थियो ।

फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि कायम इकाइ पुँजीका आधारमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । सम्बन्धित इकाइधनीको हितग्राही (डिम्याट) खातामा प्रतिफल रकम जम्मा गरिने फण्डले जनाएको छ ।

यस्तै, डिभिडेन्ड रिइन्भेष्टमेन्ट प्लानमा सहभागी इकाइधनीका हकमा वितरण हुने प्रतिफल रकमबाट प्रचलित कानुनबमोजिम कर कट्टी गरिनेछ । कर कट्टीपछि बाँकी रकमबाट थप इकाइ खरिद गरिने व्यवस्था गरिएको छ । यसरी खरिद गरिएका थप इकाइको विवरण सम्बन्धित इकाइधनीको हितग्राही खातामा प्रतिबिम्बित गरिनेछ ।

फण्डले आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगरेका इकाइधनीलाई यथाशीघ्र बैंक खाता विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंक खाता विवरण अद्यावधिक भएपछि मात्र प्रतिफल रकम सम्बन्धित खातामा जम्मा गर्न सहज हुने फण्डले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘जीवित एक्स्पो २०२६’ सम्पन्न: स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

‘जीवित एक्स्पो २०२६’ सम्पन्न: स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

वि.सं.२०८३ भदौ १ सोमवार १३:१०

काठमाडौँ । वाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा शनिवार...

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १२:५८

काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफा आर्थिक वर्ष २०८२/८३ को...

सुनचाँदीको मूल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा वृद्धि

वि.सं.२०८३ भदौ १ सोमवार १२:५५

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको...

आजबाट नियमित डिपोहरूबाटै ग्यास बिक्री हुने, आफैं बेच्ने प्रक्रियाबाट पछि हट्यो आयल निगम

आजबाट नियमित डिपोहरूबाटै ग्यास बिक्री हुने, आफैं बेच्ने प्रक्रियाबाट पछि हट्यो आयल निगम

वि.सं.२०८३ भदौ १ सोमवार ०७:३९

काठमाडौं। खाना पकाउने एलपी ग्यास अब नियमित प्रक्रियाबाटै बिक्री हुने...

पल्सर पिपल्स च्वाइस अवार्डमा ५ खेलाडी : भोटिङका लागि खल्ती आईएमईसँग सम्झौता

पल्सर पिपल्स च्वाइस अवार्डमा ५ खेलाडी : भोटिङका लागि खल्ती आईएमईसँग सम्झौता

वि.सं.२०८३ भदौ १ सोमवार ०७:३१

काठमाडौं। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्डको मनोनयन...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ १ सोमवार ०७:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर...