back
Naima

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्राइम कमर्सियल बैंक लिमिटेडले ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४९ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ८ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ९ अर्ब २१ करोड २६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.८१ प्रतिशतले वृद्धि हुँदै ११ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ११ अर्ब २४ करोड ६९ लाख रुपैयाँ रहेको थियो। यससँगै बैंकको सञ्चालन मुनाफा पनि २६.९५ प्रतिशतले बढेर ६ अर्ब ८३ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ५ अर्ब ३८ करोड २७ लाख रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १०.०४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा समीक्षा अवधिमा वृद्धि भई १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार सोही वितरणयोग्य मुनाफाका आधारमा बैंकको लाभांश क्षमता ९.१० प्रतिशत रहेको छ।

हाल बैंकको चुक्ता पुँजी २० अर्ब ९५ करोड ४७ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकले निक्षेप संकलन ५.४६ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष २ खर्ब ६३ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले यस अवधिमा २ खर्ब ७७ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। त्यस्तै, कर्जा प्रवाह ८.३१ प्रतिशतले वृद्धि भई २ खर्ब ९ अर्ब ६ करोड रुपैयाँबाट बढाएर २ खर्ब २६ अर्ब ४४ करोड रुपैयाँ पुर्‍याएको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (इपीएस) मा पनि राम्रो सुधार आएको छ। अघिल्लो वर्ष १६.५० रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा बढेर १९.६३ रुपैयाँ पुगेको छ। यद्यपि, समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) अनुपात भने उकालो लागेको छ। अघिल्लो वर्ष ५.८१ प्रतिशत रहेको खराब कर्जा बढेर ६.६९ प्रतिशत पुगेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा १०६ प्रतिशतको छलाङ

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा १०६ प्रतिशतको छलाङ

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:१८

काठमाडाैं । गत आर्थिक वर्षमा सिटिजन लाइफ इन्स्योरेन्सले ३९ करोड...

हिमालयन बैंकको खुद नाफामा ऐतिहासिक उछाल, अन्य सूचक कस्ता ?

हिमालयन बैंकको खुद नाफामा ऐतिहासिक उछाल, अन्य सूचक कस्ता ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:१२

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा हिमालयन बैंक लिमिटेडकाे...

सानिमा जीआईसी इन्स्योरेन्सको व्यापार र बीमा कोषमा उत्साहजनक वृद्धि, दाबी भुक्तानी बढ्दा नाफा भने घट्याे

सानिमा जीआईसी इन्स्योरेन्सको व्यापार र बीमा कोषमा उत्साहजनक वृद्धि, दाबी भुक्तानी बढ्दा नाफा भने घट्याे

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४४

काठमाडाैं । निर्जीवन बीमा क्षेत्रमा आक्रामक बजार विस्तार गरिरहेको सानिमा...