back
Naima

हिमालयन बैंकको खुद नाफामा ऐतिहासिक उछाल, अन्य सूचक कस्ता ?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा हिमालयन बैंक लिमिटेडकाे नाफामा ऐतिहाँसिक उछाल आएकाे छ। शुक्रबार प्रकाशित आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंककाे खुद नाफा १०४१.१६ प्रतिशतले बढेको हो। गत असार मसान्तसम्म बैंकले १ अर्ब ४८ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।अघिल्लो वर्षको असार मसान्तसम्म बैंकले १२ करोड ९७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

नाफामा उल्लेख्य सुधार देखिए पनि समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १५.७४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १० अर्ब ४५ करोड ५६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर ८ अर्ब ८१ करोड १ लाख रुपैयाँमा सीमित भएको छ।

यस्तै, बैंकको कुल सञ्चालन आम्दानी पनि ११.०३ प्रतिशतले घटेर ११ अर्ब १४ करोड १ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्ष १२ अर्ब ५२ करोड १५ लाख रुपैयाँ रहेको थियो। यससँगै बैंकको सञ्चालन मुनाफा पनि २३.६० प्रतिशतले घटेर २ अर्ब ६२ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब ४३ करोड ७४ लाख रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब ८४ करोड १ लाख रुपैयाँ ऋणात्मक (घाटामा) रहेको छ। अघिल्लो वर्ष पनि बैंकको वितरणयोग्य मुनाफा ८ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ ऋणात्मक थियो। वितरणयोग्य मुनाफा नै भारी घाटामा रहेका कारण यस वर्ष बैंकले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्न सक्ने क्षमता राख्दैन अर्थात् लाभांश क्षमता शून्य रहेको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (इपीएस) मा सुधार आएको छ। अघिल्लो वर्ष जम्मा ०.६० रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा बढेर ६.५६ रुपैयाँ पुगेको छ। समिक्षा अवधिमा बैंकको खराब कर्जा भने ७.९६ प्रतिशत रहेको छ।

हाल बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको निक्षेप संकलन १३.७२ प्रतिशतले बढेर ३ खर्ब ५१ अर्ब ५७ करोड ७० लाख रुपैयाँ पुगेकाे छ भने यता बैंकको कर्जा प्रवाह भने १.२४ प्रतिशतले घटेर २ खर्ब २७ अर्ब ७७ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:२६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्राइम कमर्सियल बैंक...

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा १०६ प्रतिशतको छलाङ

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा १०६ प्रतिशतको छलाङ

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:१८

काठमाडाैं । गत आर्थिक वर्षमा सिटिजन लाइफ इन्स्योरेन्सले ३९ करोड...

सानिमा जीआईसी इन्स्योरेन्सको व्यापार र बीमा कोषमा उत्साहजनक वृद्धि, दाबी भुक्तानी बढ्दा नाफा भने घट्याे

सानिमा जीआईसी इन्स्योरेन्सको व्यापार र बीमा कोषमा उत्साहजनक वृद्धि, दाबी भुक्तानी बढ्दा नाफा भने घट्याे

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४४

काठमाडाैं । निर्जीवन बीमा क्षेत्रमा आक्रामक बजार विस्तार गरिरहेको सानिमा...