back
Naima

सानिमा जीआईसी इन्स्योरेन्सको व्यापार र बीमा कोषमा उत्साहजनक वृद्धि, दाबी भुक्तानी बढ्दा नाफा भने घट्याे

काठमाडाैं । निर्जीवन बीमा क्षेत्रमा आक्रामक बजार विस्तार गरिरहेको सानिमा जीआईसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो खुद बीमा शुल्क आर्जन, बीमा कोष र पूँजीमा उत्साहजनक प्रगति हासिल गरेको छ।

कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीका आधारभूत र दीर्घकालीन महत्वका सूचकहरू बलिया बन्दै गएका छन्। असार मसान्तसम्म कम्पनीको मुख्य व्यवसाय अर्थात् खुद बीमा शुल्क (नेट प्रिमियम) आर्जन ९ प्रतिशतले बढेर ८३ करोड ३० लाख रुपैयाँ पुगेको छ।

यसैगरी, कम्पनीको बीमा कोष पनि ६.२७ प्रतिशतले बढेर ४ अर्ब ३६ करोड १९ लाख रुपैयाँको मजबुत अवस्थामा पुगेको छ भने चुक्ता पुँजी ५ प्रतिशतले वृद्धि भई २ अर्ब २५ करोड ७५ लाख रुपैयाँ कायम भएको छ।

व्यवसाय र कोषको आकार बढेसँगै कम्पनीको महाविपत्ति जगेडा १४.१५ प्रतिशतले बढेर ५ करोड २४ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, मुख्य व्यवसायमा वृद्धि देखिए पनि कम्पनीको खुद नाफामा भने उच्च गिरावट आएको छ। अघिल्लो वर्षको असार मसान्तसम्म ३३ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा यस वर्ष ६१.३९ प्रतिशतले घटेर १३ करोड ३९ हजार रुपैयाँमा सीमित भएको छ।

नाफा घट्नुमा मुख्यतया दाबी भुक्तानीमा आएको उच्च वृद्धि र लगानी आम्दानीमा आएको संकुचन प्रमुख कारण देखिएको छ। यस अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ५४.४४ प्रतिशतले ह्वात्तै बढेर १ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, लगानीबाट हुने आम्दानी ३५.१८ प्रतिशतले ओरालो लागेर ११ करोड २ लाख रुपैयाँ कायम भएको छ भने कुल खर्च २५.९० प्रतिशतले वृद्धि हुँदै १ अर्ब २४ करोड ४६ लाख रुपैयाँ पुगेको छ।

नाफा घटेसँगै कम्पनीको सञ्चित मुनाफा ४२.८३ प्रतिशतले घटेर ९ करोड ८७ लाख रुपैयाँमा खुम्चिएको छ। यसको प्रत्यक्ष असर प्रतिसेयर आम्दानी (इपीएस) मा परेको छ। अघिल्लो वर्ष १५.६६ रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा घटेर ५.७७ रुपैयाँ कायम भएको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १४७.३३ रुपैयाँ रहेको छ भने यस अवधिमा कम्पनीले कुल १ लाख ४३ हजार २८ वटा बीमालेख जारी गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

प्रभु महालक्ष्मी लाइफका अधिकांश सूचक सकारात्मक, कति कमायो नाफा ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४३

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्रभु महालक्ष्मी लाइफ...

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

रिलायबल नेपाल लाइफका अधिकांश सूचक सकारात्मक, इपीएस कति ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा रिलायबल नेपाल लाइफ...

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

सिटिजन्स बैंकको नाफा २ अर्ब नाघ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:३२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३...

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

खुद नाफा ४ अर्ब कटाएको प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब नजिक, कति देला लाभांश ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:२६

काठमाडाैं । गत आर्थिक वर्ष २०८२/८३ मा प्राइम कमर्सियल बैंक...

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा १०६ प्रतिशतको छलाङ

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा १०६ प्रतिशतको छलाङ

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:१८

काठमाडाैं । गत आर्थिक वर्षमा सिटिजन लाइफ इन्स्योरेन्सले ३९ करोड...

हिमालयन बैंकको खुद नाफामा ऐतिहासिक उछाल, अन्य सूचक कस्ता ?

हिमालयन बैंकको खुद नाफामा ऐतिहासिक उछाल, अन्य सूचक कस्ता ?

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:१२

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा हिमालयन बैंक लिमिटेडकाे...