back
Naima

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभकागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् । तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरका २० लाख ४१ हजार १९९ थान स्मार्टफोन नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३२ अर्ब ८ करोड ७८ लाख रुपैयाँ बराबरका १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात भएका थिए ।

तथ्यांकले मूल्यका आधारमा स्मार्टफोन आयातमा उल्लेख्य वृद्धि भएको देखाएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्मार्टफोन आयात करिब ३५ प्रतिशतले बढेको हो । जेठ महिनामा मात्रै ४ अर्ब ६ करोड ३४ लाख रुपैयाँ बराबरका १ लाख ७७ हजार ३३० थान स्मार्टफोन आयात भएका छन् । स्मार्टफोन आयातको प्रमुख स्रोत मुलुक चीन बनेको छ । विभागका अनुसार चीनबाट मात्रै ३२ अर्ब ८४ करोड ५० हजार रुपैयाँ बराबरका १७ लाख १० हजार ९१० थान स्मार्टफोन नेपाल भित्रिएका छन् ।

कुल आयातमध्ये ठूलो हिस्सा चिनियाँ उत्पादन तथा ब्रान्डका स्मार्टफोनले ओगटेका छन् । स्मार्टफोन आयातसँगै सरकारको राजस्व संकलन पनि बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा स्मार्टफोन आयातबाट ८ अर्ब १० करोड ५२ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ रहेको थियो । स्मार्टफोनको बढ्दो प्रयोग, नयाँ प्रविधिप्रतिको आकर्षण तथा पुराना उपकरण प्रतिस्थापन गर्ने क्रमले आयात वृद्धि भएको व्यवसायीहरू बताउँछन् । बजारमा नयाँ मोडलका स्मार्टफोनको माग बढ्दै जाँदा आगामी महिनाहरूमा पनि आयात उच्च रहने अनुमान गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...