back

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

ठूला कारोबारहरू अब तोकिएको कानुनी प्रक्रिया र इजाजत प्राप्त संस्थाहरूको संलग्नता बिना मालपोत कार्यालयबाट पारित नहुने

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने ३ करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक गरेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार अब वैशाख ८ गतेदेखि ३ करोडभन्दा माथिको थैली अङ्क भएको घरजग्गा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा इजाजत प्राप्त एजेन्सी वा कम्पनीमार्फत मात्र गर्नुपर्नेछ । यो व्यवस्थाले ठूला कारोबारलाई सरकारी निगरानी र कानुनी दायरामा ल्याउने लक्ष्य राखेको छ ।

यो नयाँ व्यवस्था मालपोत ऐन, २०३४ को दफा २६क, र नेपाल सरकारले २०८२ असोज २७ मा राजपत्रमा प्रकाशित गरेको सूचनाको आधारमा कार्यान्वयनमा ल्याइएको हो । महानगर र उपमहानगरभित्रका प्राकृतिक वा कानुनी व्यक्तिहरूबीच हुने उच्च मूल्यका कारोबारहरूमा पारदर्शिता कायम गर्न सरकारले यस्तो कदम चालेको हो ।

यसअघि व्यक्तिगत रूपमा हुँदै आएका ठूला कारोबारहरू अब तोकिएको कानुनी प्रक्रिया र इजाजत प्राप्त संस्थाहरूको संलग्नता बिना मालपोत कार्यालयबाट पारित हुने छैनन् ।

सरकारी सूचना अनुसार इजाजत पत्र प्राप्त गरेका आधिकारिक कम्पनीहरूको सूची विभागको वेबसाइटमा उपलब्ध गराइएको छ । सरोकारवालाहरूलाई वैशाख ८ गतेदेखि नै यो नियम पालना गर्न र सूचीकृत कम्पनीहरू मार्फत मात्र लिखित प्रक्रिया अघि बढाउन कार्यालयले सूचित गरेको छ । यो नियमको पालनाले घरजग्गा कारोबारमा हुन सक्ने ठगी नियन्त्रण गर्न र राजस्व प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

साउन १५ मा एक अर्ब रुपैयाँभन्दा बढीको दूध कारोबार हुने अनुमान

साउन १५ मा एक अर्ब रुपैयाँभन्दा बढीको दूध कारोबार हुने अनुमान

वि.सं.२०८३ साउन १३ बुधवार १५:०५

काठमाडौं । राष्ट्रिय खिर दिवसका अवसरमा मनाइने साउन १५ मा...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १३ बुधवार १३:१३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १५३ रुपैयाँ ६७ पैसामा कारोबार

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलर १५३ रुपैयाँ ६७ पैसामा कारोबार

वि.सं.२०८३ साउन १३ बुधवार १३:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको...

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ साउन १२ मंगलवार १५:११

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ...

असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

वि.सं.२०८३ साउन १२ मंगलवार ०९:०२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ साउन १२ मंगलवार ०८:५९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...