back
nactional

जेनजी आन्दोलन : ‘जहाँ नातेदार पुगेनन्, त्यहाँ पुगिन् आशिका’

घाइतेका घाउमा माया लेप्ने हात

काठमाडौं । जेनजी आन्दोलनको अत्यास लाग्दो र कष्टप्रद परिदृश्यमा, जहाँ सडक र अस्पताल दुबैतिर पीडा र रगतको लस्कर थियो, त्यहीँ एक युवतीले चुपचाप आफ्नो पिठ्युँमा बोकिसकेकी थिइन् मानवताको जिम्मेवारी । उनी हुन्, आशिका तामाङ ।

जेनजी आन्दोलनका घाइतेहरुको चिच्याहट र आर्तनादले अस्पतालका पर्खालहरु थर्किरहेका बेला, कोही आफन्त नभएका युवाहरु, आमाहरु, दाजुभाइहरु, ती अचेत शरीरहरुको स्याहार गर्न नजिक पुगेकी थिइन् आशिका । न त उनले त्यो दिन पत्रकारको ध्यान तान्न खोजिन्, न त सामाजिक सञ्जालको वाहवाहीको अपेक्षा गरिन् । तर, उनी त्यहाँ थिइन् खाना, पानी, मल्हमपट्टी, लुगा, औषधि, र माया बोकेर ।

जेनजी आन्दोलन अघि पनि सामाजिक सेवामा सक्रिय तामाङ अहिले यो आन्दोलनमा घाइते भएका र ज्यान गुमाएका परिवारहरुलाई आर्थिक सहयोग गर्दै घाउँमा मलमपट्टि लगाउनमा व्यवस्थ छिन् ।
आशिका तामाङ त्यो पात्र हुन जसले जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई धेरै सहयोग गरिन् । उनले निस्वार्थ ढंगले सेवा गर्दै आज उनले सबैको मन जितेकी छन् । तेल, चामल र उपचार खर्चसमेत बाँडिरहेकी उनले अस्पतालमा घाइतेलाई फेर्न लुगा समेत किनेर लगिरहेकी छन् ।

भीडभाडले गञ्जागोल भएका अस्पतालहरूमा, जहाँ नर्स र चिकित्सक आफै थाकेका थिए, त्यहाँ आशिकाले एउटा अभिभावकको जस्तो भूमिका निभाइन् । कोही घाइते बेहोस अवस्थामा थिए, कसैको हातमा गोली लागेको थियो, कसैको छातिमा । तीमध्ये कतिपयको त आजसम्म घरपरिवारसँग सम्पर्क पनि हुन सकेको छैन् । उनी आफै ती अज्ञात बिरामीहरुका लागि आफन्त बनिन र घाइतेहरुका घरपरिवार सम्म सन्देश पु¥याउन पनि सहयोग गरिन् ।

उनको सेवा कुनै संस्थाले मागेको थिएन, कुनै राजनीतिक दलले उर्दी दिएको थिएन । त्यो न त प्रचारको रणनीति थियो, न नै लोकप्रियताको खेल । त्यो एउटा सशक्त आत्माको करुण पुकार थियो ‘मानवताको आवाज, जसले पीडामा साथ दिन्छ ।’

उनले नहेरेका कोही थिएनन्, वीर अस्पतालदेखि टिचिङ, सिभिल, र काठमाडौंका अन्य अस्पतालसम्म । रातदिन नभनी दौडिरहेकी थिइन्, जतिबेला देशभर जेनजी आन्दोलनको राप सल्किरहेको थियो यो एउटी महिलाको कथा हो, जसलाई कहिल्यै औपचारिक ’कर्मचारी’ वा ’पद’ दिइएन, तर जसले असली नेतृत्व देखाइन् । उनले समाजलाई देखाइन् कि, नेतृत्व सत्ता र भाषणले होइन, कर्मले हुन्छ ।

हिजो त्यही सामाजिक सञ्जालमा कतिपयले उनलाई गाली गरे, ‘यस्तो पनि समाज सेवा हुन्छ ?’ भन्दै तुच्छ टिप्पणी गरे । आज ती सबै मौन छन् र उनीमाथि गर्व गरिरहेका छन् । उनी आज जनताको नजरमा ‘दोस्रो भगवान’ का रुपमा देखिएकी छिन् ।

उनको उदारताले कुनै सिमा मानेन । बझाङका सुभाष बोहरा— जसले आन्दोलनका क्रममा गोली लागेर आफ्नो ज्यान गुमाए, उनको परिवारलाई आशिकाले १ लाख रुपैयाँभन्दा बढी सहयोग गरिसकिन् । ज्यान गुमाएकाहरुको पशुपतिमा दाहसंस्कारको व्यवस्थादेखि लिएर अस्पतालमा घाइतेहरूसम्म पुग्न उनले कुनै कसर बाँकी राखिनन् ।

उनको सहयोग केवल आर्थिक मात्र होइन भावनात्मक सहारा पनि हो । यस्तो समयमा, जब परिवार नै अस्पतालमा पुग्न सक्दैन, आशिका उनीहरूको ‘दिदी’ बनिन्, ‘छोरी’ बनिन्, ‘आमा’ बनिन् । अझ प्रष्ट भाषमा भन्ने हो भने प्रहरीको बन्दुकको गोलि लागेर अस्पतालको शैयामा छट्पटाइरहका घाइतेहरुका लागि दुखाइ निको पार्ने सिटामोल बनेर आशिका उभिइन भन्दा फरक पर्दैन् ।
सामाजिक अभियन्ता आशिका तामाङ आज एउटा पात्र होइनन्, उनी एक प्रेरणा हुन् । एक यस्तो जीवन्त उदाहरण, जसले हामी सबैलाई सम्झाइन् मानवीयता भनेको कुनै संगठन वा नीतिमा सीमित हुँदैन, त्यो त दिलको कुरा हो । जब एक मनले अर्को पीडामा साथ दिन्छ, त्यहींबाट सुरु हुन्छ परिवर्तनको बीउ ।

आज हामीले उनीजस्तो पात्रको कथा लेख्नुपर्छ, सुनाउनुपर्छ, ताकि हाम्रो पुस्ता ‘नेतृत्व’ भनेको कुर्सी होइन, मानवीयता हो भन्ने पाठ सिकून् । आशिका तामाङ एउटा उदाहरण हुन् जतिबेला देश दुखाइमा छ, आन्दोलनमा छ, त्यतिबेला कसरी एक नारी, बिना तामझाम, बिना प्रचार, केवल मानवताको आवाजमा उठेर लाखौंको हृदय छुने सेवा गर्न सक्छे । यिनै आशिकाहरुका कारण समाजमा अझै आशा बाँकी छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

वि.सं.२०८३ भदौ १ सोमवार ०८:०४

काठमाडौँ। सरकारले आफ्ना व्यवसायीक मागप्रति उदासीनता देखाएको आरोप लगाउँदै नेपाल...

आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व मनाइँदै

वि.सं.२०८३ भदौ १ सोमवार ०७:२०

काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३१

काठमाडौं । देशभर प्रविधि शिक्षा र डिजिटल साक्षरता अभिवृद्धि गर्ने...

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...