back
himalayan life

आईपीओ जारी गर्दै पैचो पसल

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो पसलको सर्वसाधारणमा निष्काशन गर्नुपर्ने शेयरको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । सोही सेवा अन्तर्गत सुख्खानगर बुटवलमा रजिष्ट्रार कार्यालय रहेको पैचो पसल प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

पैचो पसल प्रालि कृषि सम्बन्धि कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रका उत्पादन भएको तरकारीहरुलाई उच्च गुणस्तर कायम गरी उपभोक्ता माझँ पुर्याउँदै आएको छ । पैचो पसलले केचप, अचार तथा जाम जस्ता खाद्य परिकारहरु उत्पादन तथा प्याकेजिङ्ग गरी बिक्री वितरण गर्दै आइरहेको छ ।

पैचो पसल केवल खाद्य कम्पनी मात्र नभई, बीउ बिजन उत्पादन देखी उत्पादित बस्तु बजारसम्म किसानहरूसँग सहकार्य गर्दै ग्रामीण भेगमा बसोबास गर्ने समुदायहरूको आर्थिक र सामाजिक उत्थानमा समेत योगदान पुर्‍याउन सफल भएको छ । कम्पनीले प्राविधिक परामर्श, व्यवस्थापन, र बजार पहुँच सुनिश्चितता गर्दै कृषकहरुलाई खेतमै मात्र नभई खेतबाहिर पनि जीवनयापनका अवसरहरू सिर्जना गरिरहेको छ ।

आगामी दिनमा सर्वसाधारणहरुमा शेयर जारी गरी कम्पनीको व्यवसाय थप प्रभावकारी रुपमा विस्तार गर्ने लक्ष्य लिएको पैचोले जनाएको छ । नेपालमा आधा भन्दा बढी जनसंख्या कृषि क्षेत्रमा संलग्न रहेको र यसले देशको कुल गार्हस्थ उत्पादनमा (जिडीपी) करिब एक चौथाइ मात्र योगदान पुऱ्याइरहेको अवस्थामा, पैचो कम्पनीहरूलाई सरकारले प्रथामिकतामा राखी यस क्षेत्रमा दीर्घकालीन र दिगो विकासको ढोका खोल्ने अपेक्षा गरिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५८

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको...

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...