back
himalayan life

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा शिक्षा आयोगको १९औँ बैठकले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकलाई तत्कालै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको छ। साथै, आवासीय चिकित्सकहरूलाई आन्दोलन फिर्ता गरी अध्ययन र सेवामा फर्कन आग्रह गरिएको छ।

आयोगको माघ २५ गतेको १६औँ बैठकले निजी मेडिकल कलेजहरूलाई सरकारी सरह मासिक रु ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो। तर, स्रोतको अभाव देखाउँदै निजी मेडिकल कलेजहरूले भत्ता दिन आनाकानी गर्दै आएका थिए।

बैठकले निजी मेडिकल कलेजहरूको मागलाई समेत सम्बोधन गर्दै एमबिबिएस र बिडिएस को सिट संख्या र शुल्क संरचना पुनरावलोकन गर्ने निर्णय गरेको छ। यसका लागि गठित ११ सदस्यीय कार्यदलको प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले हस्तान्तरण गरेका छन्।

चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार प्राविधिक समिति गठन गरी स्तर र मापदण्ड निर्धारणका आधारमा सिट संख्या र शुल्क पुनरावलोकन गरिनेछ। उक्त समितिको संयोजक प्रा. डा. सुजनबाबु मरहट्टा रहेका छन् भने सदस्यमा डा. दिव्यासिंह शाह, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट महेश गरागाईं, निजी मेडिकल कलेजतर्फबाट चार्टर्ड एकाउन्टेन्ट सन्तोष खनाल, साथै शिक्षा, स्वास्थ्य र अर्थ मन्त्रालयका उपसचिवहरू रहने छन्।

एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजहरूले स्रोत अभाव देखाएर निर्वाह भत्ता दिन असमर्थता जनाएपछि प्रधानमन्त्रीको पहलमा तीन पटक आयोग बैठक बसेर समाधान निकालिएको हो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

वि.सं.२०८३ असार ११ बिहीवार १६:५०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल...

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

नेपालमा कम्पनी बन्द गर्न अब ‘स्वघोषणा’ नै काफी, जरिवानामा पनि भारी छुटको प्रस्ताव

वि.सं.२०८३ असार ११ बिहीवार १६:२१

काठमाडौं ।नेपालमा नयाँ व्यवसाय वा कम्पनी सुरु गर्न जति सजिलो...

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...