back
nactional

तीनकुने घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने : ज्यान गुमाएकालाई शहीद घोषणा गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ । शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार आफैं दोषी रहेको जिकिर गरेका छन् ।

उनले भने, ‘बैठकले विशेष गरेर हिजो तीनकुने क्षेत्रमा भएको घटनाप्रति दुख व्यक्त गरेको छ । जसले जे उदेश्यका लागि गरेको भए पनि हिंसात्मक क्रियाकलापमा राप्रपा सधैं विपक्षमा छ । हिंसारहित कार्यक्रम हुनुपर्छ भन्ने पक्षमा राप्रपा छ । हिजो जे घटना भयो । त्यसमा सरकारको संलग्नता थियो,सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको थियो,यो पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्छ । ’

साथै राप्रपाले शुक्रबार तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा भड्किएको हिंसाबारे छानबिन गर्न छुट्टाछुट्टै तीन आयोग गठन गर्न माग गरेको छ । घटनाबारे नागरिक छानबिन आयोग गठन गर्न, मानवअधिकारवादीलाई पनि छानबिन आयोग बनाउन र सरकारले पनि न्यायिक आयोग गठन गर्नुपर्ने बैठकले माग गरेको बताए ।

यसैगरी राप्रपाले शुक्रबार तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ । ‘हिजोको घटनामा ज्यान गुमाएका दुवै जनालाई शहिद घोषणा गर्न सरकारसँग माग गरेका छौं,’ लिङ्देनले भने । शान्तिपूर्ण प्रदर्शनमा सहभागी रवीन्द्र मिश्र र धवलशमशेर राणालाई पक्राउ गरेर फसाउने काम भएको समेत राप्रपाको ठहर छ ।

शुक्रबार भएको राजावादी आन्दोलनको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने

वि.सं.२०८३ भदौ १ सोमवार ०८:०४

काठमाडौँ। सरकारले आफ्ना व्यवसायीक मागप्रति उदासीनता देखाएको आरोप लगाउँदै नेपाल...

आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व मनाइँदै

वि.सं.२०८३ भदौ १ सोमवार ०७:२०

काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

वि.सं.२०८३ साउन ३१ आइतवार २०:५८

काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको...

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

राष्ट्रिय विद्यालय इनोभेसन लिगका लागि क्यान महासंघ र दुर्शिक्षाबीच समझदारी 

वि.सं.२०८३ साउन ३१ आइतवार २०:३१

काठमाडौं । देशभर प्रविधि शिक्षा र डिजिटल साक्षरता अभिवृद्धि गर्ने...

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...