ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट : १ लाख ४७ हजारले पाए शेयर
वि.सं.२०८१ चैत १२ मंगलवार
काठमाडौ। ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले फागुन २७ गतेदेखि चैत ३ गतेसम्म १४ लाख ७६ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो।
आईपीओमा २० लाख ५६ हजार ५७६ जनाले २ करोड ४५ लाख २९ हजार ५९० कित्ता शेयरका लागि आवेदन दिएका थिए।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत आईपीओ बाँडफाँट गरिएको हो। गोलाप्रथाबाट १ लाख ४७ हजार ६०० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलमा आईपीओ बाँडफाँट भएको हो।
प्रकाशित समय : १०:३६ बजे






















