back
himalayan life

देशको विकासका लागि महिलाको समान सहभागिता अत्यन्त जरुरी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देश जारी गर्दै देशको विकासका लागि जनसंख्याको आधा भन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागिता हुन अत्यन्त जरुरी रहको बताएका हुन् ।

उनले लेखेका छन्, ‘महिला अधिकार स्थापित गर्ने संघर्षको दिनका रुपमा आज ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने गरिएको छ । नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुशरणीय रहँदै आएको छ ।

ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्र्वाक्षरले लेखिएको छ । देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको समान सहभागिता अत्यन्त जरुरी छ ।’

साथै, उनले संसारभरका महिलाहरुलाई समानताको हक अधिकार स्थापित गर्न यस दिवसले प्रेरणादायी भूमिका खेल्ने बताए ।

आज ‘सबै महिला तथा बालिकाको लागि ःअधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले महिला (नारी) दिवस मनाउन थालेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा सचिवालय स्थापनाको तयारी 

वि.सं.२०८३ असार १७ बुधवार १८:२०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य...

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

एमआरपी विवादले चाडपर्वमा आयात प्रभावित हुनसक्ने, व्यवसायी अन्योलमा : हिमलाल खराल

वि.सं.२०८३ असार १७ बुधवार १०:५२

काठमाडौं । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री...

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

नेप्सेमा गिरावट जारी: परिसूचक १६.५४ अंकले घट्दा कारोबार रकम पनि सङ्कुचित

वि.सं.२०८३ असार १५ सोमवार १६:५०

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार धितोपत्र बजार (नेप्से)...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

वि.सं.२०८३ असार १ सोमवार १२:५५

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले...

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...