back
nactional

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ ।

मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको थियो ।

साथै सो मञ्चका निवर्तमान अध्यक्ष समेत रहनुभएका ढकालले मञ्चको संस्थागत विकासका क्षेत्रमा निर्वाह गर्नुभएको विशिष्ठ भूमिकाको कदरस्वरुप उहाँलाई सो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।

मञ्चको वार्षिक साधारणसभाका अवसरमा आज राजधानीमा आयोजित एक समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले उहाँलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो ।कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतका विशिष्ठ व्यक्तित्वहरुलाई  पनि सम्मान गरिएको थियो ।

नेपाल हाल संघीय शासन प्रणालीमा रुपान्तरित भएको भए पनि साविकको पश्चिमाञ्चल विकास क्षेत्रको विकास र प्रवर्धन हेतु स्थापित सो मञ्चले मुलुकको पश्चिमाञ्चल क्षेत्रमा जन्म भई राष्ट्रिय जीवनका उच्च पदमा पुग्न सफल व्यक्तित्वहरुलाई सम्मान गर्ने गर्दछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

वि.सं.२०८३ भदौ १ सोमवार २०:२८

काठमाडौं । वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा...

विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान

विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको हस्ताक्षर अभियान

वि.सं.२०८३ भदौ १ सोमवार १५:५१

काठमाडौं । सर्वसाधारणको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने...

विद्युत उत्पादनसँगै आन्तरिक खपत र प्रसारण पूर्वाधार सुदृढीकरणमा सरकारको प्राथमिकता

विद्युत उत्पादनसँगै आन्तरिक खपत र प्रसारण पूर्वाधार सुदृढीकरणमा सरकारको प्राथमिकता

वि.सं.२०८३ भदौ १ सोमवार १५:४४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत...

सीजी सिमेन्टको ९ महिनाको सञ्चालन आम्दानी २ अर्ब ५९ करोड

सीजी सिमेन्टको ९ महिनाको सञ्चालन आम्दानी २ अर्ब ५९ करोड

वि.सं.२०८३ भदौ १ सोमवार १५:४२

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिले चालू...

‘जीवित एक्स्पो २०२६’ सम्पन्न: स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

‘जीवित एक्स्पो २०२६’ सम्पन्न: स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

वि.सं.२०८३ भदौ १ सोमवार १३:१०

काठमाडौँ । वाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा शनिवार...

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १२:५८

काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफा आर्थिक वर्ष २०८२/८३ को...