अर्थमन्त्रालयबाट बजेट भाषण गर्न हिँडे अर्थमन्त्री शर्मा
वि.सं.२०७९ जेठ १५ आइतवार
काठमाडौं । मन्त्रीपरिषदको बैठकले आगामी आर्थिक बर्ष २०७९–८० को बजेट पारित गरेको छ ।
अर्थमन्त्रालयबाट बजेट भाषण गर्न अर्थमन्त्री जनार्दन शर्मा नयाँ बानेश्वर प्रस्थान गरेका हुन् ।
अर्थसचिव मधु मरासिनीले अर्थमन्त्री शर्मालाई बजेट भाषण भएको झोला हस्तान्तरण गरे ।
अर्थमन्त्री जनार्दन शर्माले आज आइतबार अपरान्ह ४ बजे संघीय संसदमा बजेट पेश गर्दै छन् । सरकारले १७ खर्ब रुपैयाँ बराबरको बजेटपेश गर्ने स्रोतले बताएको छ ।
प्रकाशित समय : १५:५७ बजे





















