back
himalayan life

बजारमा भारी गिरावट, यी दुई कम्पनीको सेयरमूल्यमा नकरात्मक सर्किट

काठमाडौँ । आज मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । यो दिन नेप्से सूचक करिब ८० अंकले घटेको हो । यो सँगै नेप्से २७४९.८६ बिन्दूमा कायम भएको छ ।

यो दिन कारोबारमा आएका २२५ कम्प्नीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता किनबेच हुँदा ६ खर्ब ५२ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

ठूला कम्पनीहरुको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.०२ अंकले घटेर ५१२.८२ बिन्दुमा झरेको छ । यसदिन कूल २२५ वटा कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर १ लाख ६६६ वटा संख्यामा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त र विकास बैंक ५ प्रतिथशत माथि घट्दा अन्य ४ प्रतिशत धेरैले घटेको छ । होटल, जलविद्युत र निर्जीवन बीम ३ प्रतिशत धेरैले घट्दा ब्यापार, उत्पादन, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

बैंकहरुले मंसिरदेखि लागू हुनेगरी फेरि मुद्दती निक्षेपमा ब्याजदर बढाउने तयारी गरेपछि यसको प्रभाव बजारमा देखिएको हो । अहिले बैंकहरुले अधिकतम ९.३६ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । राष्ट्र बैंकको पछिल्लो निर्देशन अनुसार बैंकहरुले मासिक १० प्रतिशतका दरले ब्याजदर बढाउन पाउनेछन् । अहिलेकै अवस्थामा बैंकहरुले ब्याजदर बढाएमा मंसिरमा मुद्दती निक्षेपको ब्याजदर १०.२९ प्रतिशत कायम हुनेछ ।

त्यस्तै मंगलबार नबिल बैंक लिमिटेडको सर्वाधिक २९ करोड ८२ लाख ८१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी साहस उर्जा २५.७९ करोड, अपि पावर २२।३६, नेशनल हाइड्रोपावर २०.९४, प्राइम कमर्सियल बैंक २०.८९, अरुण भ्याली १८.२९, लुम्निी विकास बैंक १६.९८, पुनर्बीमा कम्पनी १६.६८, अरुण काबेली पावर १६.५०, र युनाइटेड मोदी हाइड्रोपावरको १६.२० करोडको शेयर खरीद बिक्री भएको छ ।

तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

मंगलबार कारोबारमा आएका २२५ मध्ये ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेड उर्जा कम्पनी लिमिटेड, र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । यसैगरी युनिलिभर नेपाल र प्रँयमा कमर्सियल बैंकको शेयरमूल्य समान्य बढेको छ ।

महालक्ष्मी र आइसिएफसिमा नकारात्मक सर्किट

नेपाल धितोपत्र बोर्डले महालक्ष्मी विकास बैंक र आईसिएफसी फाइनान्सको शेयर कर्नरिङको अनुसन्धान गर्ने भएपछि मंगलबार दुबै कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेर ७९३.८० रूपैयाँ र आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले घटेर ९५६.७० रूपैयाँमा झरेको छ ।

यस्तै मिथिला लघुवित्त ७.४२ प्रतिशत, गुडविल फाइनान्स, युनिभर्सल पावर, सबैको लघुवित्त, रुरु जलविद्युत, घलेम्दी हाइड्रोपावर, कालिका पावर र रिलायन्स फाइनान्सको शेयरमूल्य ६ प्रतिशत बढीले घटेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...